बिमल रिजालले १५ बिद्यार्थीलाई १० कक्षासम्म पढाउने जिम्मेवारी लिय

  चैत ०, २०७८

तुलसीपुर, चैत ८ । नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि बिमल रिजालले १५ जना बिपन्न परिवारका बालबालिकालाई कक्षा १० सम्म पढाउने जिम्मा लिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा पार्टीको प्रतिनिधिको रुपमा खटाइएका रिजाल त्यहाँ जाँदा धेरै अभिभावकले गरिबीका कारण छोरा छोरी पठाउन नसकेको चिन्ता जाहेर गरेपछि वडाका १५ बालबालिकालाई सामुदायिक बिद्यालयमा १० कक्षासम्म लाग्ने सबै खर्च बेहोर्ने जिम्मा लिएका हुन ।

 

तुलसीपुरका प्रतिष्ठित ब्यबसायीसमेत रहेका रिजालले तुलसीपुर – ३ मा कुल १५ टोल रहेको र हरेक टोलबाट अति बिपन्न परिवारका एक÷एक जना बालबालिका गरि १५ जनालाई कक्षा १० सम्म पढाउने सम्पूर्ण जिम्मा लिएको बताए ।

‘ शिक्षक र अभिभावकले समेत म वडाहरुमा पुग्दा कतिपय बालबालिकाले आर्थिक अभावकै कारण पढाई छोड्न बाध्य भएको कुरा गर्नु भयो,’ रिजालले भने ‘ त्यसैले मैले हरेक टाेलबाट एक एक जना गरि १५ जना बालबालिकालाई सामुदायिक विद्यालयमा १० कक्षा सम्म पढाउने जिम्मा लिने निर्णय गरेको हुँ ।’

 

आँफुले लिएको जिम्मा पुरा गर्न साथीहरुसंग समेत सहकार्य गर्ने रिजालले बताए । ‘गरिबीका कारण पढ्न नपाएका हरेकले पढ्न पाउनु पर्छ भन्ने मेरो मान्नेता हो,’ रिजालले भने ‘ पहिला कक्षा १० उत्तिर्ण गरेपछि उनीहरुको अवस्था र चाहाना हेरेर थप निर्णय गरिने छ ।’

नेपाली काँग्रेसको चुनाबी ‘घर–घर जाऔं, नेपाली काँग्रेसलाई जिताउ’ अभियान अन्तरगत रिजाललाई नेपाली काँग्रेस दाङले तुलसीपुरको सबै भन्दा बिकट मानिने वडा नं. ३ मा खटाएको हुँदा रिजाल त्यहाँ पुगेका हुन ।

 

 

तपाईंको प्रतिक्रिया

थप खबर