प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आउने भएका छन्

  चैत ०७, २०७८

७ चैत, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आउने भएका छन् । प्रदेश १ का डीआईजी अरुणकुमार बीसीका अनुसार आज बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा आउनेछन् ।

देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् । सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् ।

डीआइजी बीसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको बताए ।

 

तपाईंको प्रतिक्रिया

थप खबर