काँग्रेसको शक्ति देखेर कम्युनिष्ट आत्तिन थालिसके : काँग्रेस केन्द्रीय सदस्य बस्नेत

  चैत ०६, २०७८

काठमाण्डौँ, ६ चैत :
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्लाका लागि केन्द्रीय प्रतिनिधि जित जङ्ग बस्नेतले शनिबार नेपाली काँग्रेस भक्तपुर नगर कार्यसमितिको उद्घाटन तथा झण्डातोलन गरेका छन ।

थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्ने क्रममा उनले नेपाली काँग्रेसको चुनाव तयारी देखेर कम्युनिष्टहरु आत्तिन थालिसकेको बताए । कम्युनिष्टले अध्यारो तर्फ लगिसकेको देशलाई नेपाली काँग्रेसले अहिले उज्याले दिशा तर्फ लगेको समेत उनले बताए ।

कम्युनिष्टलाई जनताले विश्वास गरेर दुई तिहाई नजिक पु¥याउँदा समेत कम्युनिष्टले देश र जनतालाई बर्बाद गर्ने काम गरेको र अब यसको हिसाबकिताब जनताले निर्वाचनमा गर्ने समेत उनले भने । जनताले पुनः नेपाली काँग्रेस चाहेको हुँदा अब पार्टीका सबै तह र तप्कामा रहेका नेता तथा कार्यकर्ता सबैजना एकजुट भएर अबको चुनावमा काँग्रेस जिताउँ अभियानमा लागि पर्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्लाका सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति तिलक प्रसाद कायस्थ, गणेशमान चक्रधर, माननीय राज्यमन्त्री रजनी जोन्छे, क्षेत्रीय सभापति जीवन खत्री, नगर सभापति राजेन्द्र तमखु, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य लगाएतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर