दंगिशरण २ मा धेरै जनाले नेपाली काँग्रेसमा प्रवेस गरे

  चैत ०५, २०७८

 

गाोल्टकुरी, ४  चैत्र ।

दंगिशरण २ सरुवाडाडामा विभिन्न पार्टि परित्याग गरी १२ जनाले नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । नेपाली काँग्रेस टोल इकाई समिति दंगिशरण २ सरुवाडाडाको आयो जनामा भएको होली विशेष कार्यक्रममा दंगिशरण २ का लक्ष्मण विक, अभिषेक विक, किरण परियार, सुरज विक, प्रदिप चौधरीलाई कार्यक्रमका प्रमुख अथिति केन्द्रिय सदस्य गेहेन्द्र गिरिले पार्टि सदस्यता प्रदान गरी प्रेवस गराउनु भएको हो । कार्यक्रममा गाम बहादुर वली, गुरुप्रशाद खड्का, लक्ष्मण वस्नेत, यम बहादुर विक, भीष्म पुन, दुर्गाप्रसाद घर्ति र अम्मर भण्डारीले पनि विभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रवेस गर्नु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले एम सि सि का बारेमा एमालेले गरेको भ्रमको खेतिको अन्त्य हुने बताउनु भएको छ । कार्यक्रमको प्रमुख आथितिको आषण वाट बोल्दै केन्द्रिय सदस्य गिरीले एम सि सि का वारेमा एमालेले दोक्ला भुमिका निर्वाह गरेको आरोप लगाउनु भएको छ । आफैले एम सि सि सम्झौ तामा हस्ताक्षर गर्ने, विरोधमा रोष्टम घेर्ने र मइतिघर मण्डलामा देखाएको नाटकिय प्रवृतिलाई जनताले यो चुनावमा नराम्रो झापट हन्ने वताउनु भयो

टाेल इकाई सभापति गेहेन्द्र खड्काकाे सभापतित्वमा भएकाे कार्यक्रममा विशिष्ट अथिति तथा काँग्रस दाङका सहसचिव शुवाेध डागी, जिल्ला सदस्य शाेभाखर न्याैपाने, क्षेत्र नम्वर ३ ख का सभापती खिमबहादुर वली, दंगिशरण सभापती शम्भु गिरी, दंगशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्का, महाधिवेशन प्रतिनिधि अरुण लहरे लगाएतले बाेल्नुभएकाे थियाे । ईकाइ सचिव मेघबहादुर खत्रीकाे स्वागत मन्तव्यवाट सुरु भएकाे कार्यक्रममा क्षेत्र नम्वर ३ क का सचिव किरण केसी, ख का सहसचिव रमेश भण्डारी, विपि विचार राष्ट्रिय समाजका जिल्ला सचिव रुपलाल वस्नेत, जिल्ला सदस्य गिता पाैडेल, दंगिशरण २ का सभापती शरदिन कुसारी, क्षेत्रिय प्रतिनिधि प्रकासमान वली, तुलसीराम देवकाेटा, लक्ष्मण देवकाेटा, तिलकबहादुर डागी, अर्जुन केसी, सीता डागी लगाएतले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण क्षेत्रिय प्रतिनिधि देविराम कुसारीले गर्नु भएकाे थियाे ।

तपाईंको प्रतिक्रिया

थप खबर