बैंकिङ कसूर मुद्दाका फरार महिला सूर्यविनायकबाट पक्राउ

  चैत ०२, २०७८

काठमाडौं ।

बैंकिङ कसूर मुद्दामा फरार महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले पक्राउ गरेको छ ।

भक्तपुर महानगरपालिका ६ घर भई सोही महानगरपालिकाको वडा नम्बर ११ मा बस्दै आएकी राधा माताङ्गीलाई सीआईबीको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले गत पुस २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय गर्ने फैसला गरेको थियो ।

माताङ्गीलेले सूर्यविनायकस्थित सानिमा बैंकको खातामा पर्याप्त रकम नभएको जानी(जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

सूर्यविनायकमा लुकिछपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

तपाईंको प्रतिक्रिया

थप खबर