दाङमा लेनदेन तथा चेक अनादर मुद्दाका फरार अभियुक्त पक्राउ

  फागुन ३०, २०७८

दाङ । दाङमा प्रहरीले लेनदेन तथा चेक अनादर मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरी बस्ने ५३ वर्षीय बयान बहादुर दमाई रहेका छन् ।

दमाईलाई बाँके जिल्ला अदालतले २०७१ भदौ २३ गते चेक अनादर मुद्दामा ५ हजार जरीवाना सजाय र २०७३ चैत ७ गते लेनदेन मुद्दामा एक बर्षको कैद सजाय तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका दमाईलाई शुक्रबार दिउँसो आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरि आइतबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर