काठमाडौं। नेपाली कांग्रेसको‘घर–घर जाऔं,कांग्रेस जिताऔं’ अभियान लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत भक्तपुर पुगेका छन । भक्तपुर जिल्लाका केन्द्रीय प्रतिनिधि बस्नेत केन्द्रीय निर्देशन अनुरुप अभियान सुरुहुनु भन्दा दुई दिन अघि नै भक्तपुर पुगेर जिल्ला, क्षेत्र र स्थानीय तहको नेतृत्वसँग छलफल गरेका हुन । नेपाल तरुण दलका अध्यक्ष समेत रहेका प्रभावसाली नेता बस्नेतको नेतृत्वमा फागुन २९ देखि चैत २९ सम्म एक महिना अभियान चल्ने छ ।
‘घर–घर जाऔं,कांग्रेस जिताऔं’ अभियानको भक्तपुर जिल्लामा जिम्मेवारी पाएका नेता बस्नेतले शुक्रबार नेपाली कांग्रेस भक्तपुरको बैठकमालाई सम्बोधन गर्दै भने पार्टीभित्र कसैलाई काखा पाखाको व्यवहार हुदैन, काम र सक्रियताका आधारमा जिम्मेवारी दिइन्छ र पार्टीलाई एकतावद्ध, सुदृढ बनाइन्छ । अब निर्धक्क रुपमा पार्टी संगठन विस्तारमा लाग्नुहोस उनले नेता तथा कार्यकर्तालाई भने पार्टी संगठन बिस्तार गर्न जनताका घरघरमा पुग्नु होस र कांग्रेसले गरेका लोकप्रिय कार्यको जानकारी गराउनु होस । द्वैध चरित्रका कम्युनिष्टले गरेका कुकृत्यको भण्डाफोर गर्नुहोस । देशको निकास बिकास कांग्रेसबाट मात्र संभव भएको र हुने बताउदै नेता बस्नेतले भने जनताले कांग्रेस खोजेका छन,कांग्रेसका नेता कार्यकर्ता जनताकोा घरदैलोमा पुग्न ढिला गर्नुहुन्न ।
फागुन २९ गते भक्तपुर कांग्रेसले दिनको १ बजे ‘घर–घर जाऔं,कांग्रेस जिताऔं’ अभियानको उद्घघाटन पार्टी कार्यलयमा गर्ने जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कांग्रेस भक्तपुरले चार वटै स्थानीय तहका २९ वटै वडामा जिल्ला प्रतिनिधि खटाउने बताए । ‘भक्तपुरमा अब धनवाद र डनवादलाई ठेगान कांग्रेसले लगाउँछ र निर्बाचनमार्फत जनताले कम्युनिष्टलाई गतिलो जबाफ फर्काउने छन सभापति थापाले भने सबै तहका पार्टीका साथीहरू अब कहिकतै अलमल नगरी अभियानमा लाग्नुहोस’।
हरेका काधलाई भारी, हरेक हातलाई जिम्मेवारीका साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाडफाड गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालन गर्न अभियान कोशेढुंगा सावित हुने विश्वास क्षेत्रीय सभापति जीवन खत्रीले व्यक्त गरे ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । अधिकांश जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन । ‘चुनावी केन्द्रीत अभियान जिल्लामा पार्टीको अवस्था र निर्वाचनको रणनीति तयार गर्न केन्द्रीत हुनेछ ।’ अभियान २९ देखि चैत २९ सम्म एक महिना चल्ने छ ।