अमृतपुर खानेपानीका उमेदवारहरुको अन्तिम नामावली प्रकाशन, दुई समुह प्रतिस्पर्धामा

  फागुन २६, २०७८

तुलसीपुर, २५ फागुन । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ । संस्थाको नेतृत्व सर्वसम्मत चयन हुन नसकेपछि आउदो शनिवार निर्वाचन हुन लागेको छ । संस्थाको नेतृत्वका लागी दुई समुह चुनावी मैदानमा रहेका छन् । अध्यक्षमा सयुक्त प्यानलको तर्फबाट भिमकान्त बस्याल(संगित) र लोकतान्त्रिक सयुक्त प्यानलको तर्फबाट चन्द्रकान्त खरेलको समुह चुनावी मैदानमा रहेको छ ।

बस्याल नेतृत्व संयुक्त प्यानललाई नेकपा एमाले, विप्लब माओबादी लगाएतको राजनितिक दलको सर्मथन रहेको छ भने खरेल नेतृत्व प्यानललाई नेपाली कांग्रेस, माओवादी केन्द्र लगाएतको दलको समर्थन रहेको छ । बस्यालको प्यानलबाट उपाध्यक्षमा बिजय कुमार मल्ल, सचिबमा रुप बहादुर खत्री, कोषध्यक्षमा ईश्वरी प्रसाद पाण्डे, सह–सचिबमा रक्षा काफले खडका अनु, सदस्यहरु कान्त प्रसाद खरेल, गंगाधर गैरे, महिला सदस्य तर्फ सिता कुमारी केसी,भिमा खडका रहेका छन ।

त्यसैगरी संयुक्त प्यानल खरेलको प्यानलबाट उपाध्यक्षमा केशबराज सापकोटा, सचिवमा दशरथ वली, कोषाध्यक्षमा केशब बहादुर वलि, सहसचिवमा कमला कुमारी अधिकारी, सदस्यहरुमा नरबहादुर वलि, लाल बहादुर वलि,अमृता शर्मा न्युरे र सबिता ओली रहेका छन । यस्तैगरी महिला सदस्यमा देवी कुमारी वलीको एक उमेदवारी परेको छ । उम्मेदवारहरुलाई चुनाव चिन्ह पनि प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ । खानेपानी संस्थाका तुलसीपुर ३, ८ र ९ का उपभोक्ताहरु रहेका छन् ।

 

तपाईंको प्रतिक्रिया

थप खबर