खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसिपुर ले जितेको

  फागुन २२, २०७८

दाङ । दाङको घोराहीमा संचालित प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसिपुर उपमहानगरपालिकाले जितेको छ !
नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको आईतवार भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक फाइनल खेलमा राप्ती गाउँपालिका लाई २५-२०,२३-२५,२०-२५,२५-१८ र १९-१७ अर्थात ३-२ को सेटमा पाखा लगाउदै तुलसिपुर उपमहानगरपालिकाले उपाधी जितेको हो !

उल्लेख्य दर्शकले खचाखच भरिएको सहिद मञ्च घोराहीमा सम्पन्न प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएको तुलसिपुरले उपाधी संगै नगद दुई लाख,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ! उता फाईनल खेलमा सम्मानजनक हार ब्यहोरेको राप्ती गाउँपालिका उपबिजेतामै सिमित रहदै नगद एक लाखमा चित्त बुझाउन बाध्य भयो !

प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृट खेलाडी तुलसिपुर उपमहानगरपालिका का जर्सी न ४ का खेलाडी मान बहादुर श्रेष्ठ घोषित भए ! उनले नगद पाँच हजार एक सय, ट्रफी प्रमाणपत्र हात पारे ! त्यस्तै वेस्ट स्पाईकर तुलसिपुर उपमहानगरपालिकाकै जर्सी न ६ का धन बहादुर भट्ट क्षेत्री,बेस्ट सेटर जर्सी न २ बिनोद बुढाथोकी,वेस्ट लिब्रो जर्सी न ५ का हरिश बुढाथोकी, वेस्ट ब्लकर राप्ती गाउँपालिका का जर्सी न ३ का खेलाडी हरि अधिकारी,वेस्ट सरबर राप्तिकै सुवास बोहरा र बेस्ट कोच तुलसिपुरका कमल खत्री घोषित भए ! उनले ट्रफी प्रमाणपत्र हात पारे !

फागुन १६ गतेबाट संचालित प्रतियोगितामा जिल्लाका दस पालिकाका टिमको सहभागिता रहेको थियो ! यसैबिच प्रतियोगिताको समापन समारोह नेपाली काग्रेस दाङका सभापती संकर डागिको अध्यक्षता तथा नेपाली काग्रेस लुम्बिनी प्रदेस उपसभापति राजु खनालको प्रमुख आतिथ्य एवं नेपाली काग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खग राज पाण्डेको बिशिस्ट आतिथ्यमा भएको थियो ! कार्यक्रमको संचालन जिल्ला सचीव बालिका लम्सालले गर्नु भएको थियो !

तपाईंको प्रतिक्रिया

थप खबर