खुम बहादुर खड्का स्मृति कप भलिबल जारी, तुलसिपुर फाईनलमा

  फागुन २१, २०७८

लक्ष्मण बस्नेत – दाङ
खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को फाईनलमा तुलसिपुर उपमहानगरपालिका प्रवेश गरेको छ ।

नेपाली कांग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको शनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिकालाई २५- २१,२५ -२१ र २५-१४ अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ।

दर्शकले खचाखच भरिएको शहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएको तुलसिपुरका तर्फबाट नेपालकै उत्कृष्ट ओपन स्पाईकर जर्सी न ४ का खेलाडी मान बहादुर श्रेष्ठ र जर्सी न ६ का खेलाडी धन बहादुर भट्टले उत्कृष्ट प्रदर्शन गरे ।

प्रतियोगिता अन्तर्गत दिउँसो २ बजे पछि हुने दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्दैछ ।

प्रतियोगिताको उपाधिका लागि भोलि आईतवार दिउँसो फाईनल खेल हुने प्रतियोगिताका संयोजक राजु आचार्यले जानकारी दिए । प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ पुरस्कारको ब्यबस्था गरिएको संयोजक आचार्यले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर