कांग्रेसका युबा नेता प्रमोद बस्नेत शान्तिनगर गाउँपालीकाको अध्यक्षको आकाङ्क्षि

  फागुन २०, २०७८

दाङ । आउने बैशाख ३० गते स्थानिय तहको चुनाब सरकारले घोषणा गरेसंगै चुनाबी रस्साकस्सि सुरु भएका छन । यसैक्रमका दाङको शान्तिनगर गाउँपालीकाको अध्यक्षको आकाङ्क्षिको दौडमा कांग्रेसकै युबा नेता प्रमोद बस्नेत रहेका छन । गाउँपालीकामा लोकप्रिय छबि बनाएका उनि कांग्रेस केन्द्रिय सदस्य तथा पुर्बमन्त्री दिपक गिरि निकट हुन ।

कांग्रेस क्षेत्र नम्बर ३ को उप सभापती पनि भइसकेका बस्नेतले अध्यक्षमा दाबी गरेका छन । उनले पार्टीले उपयुक्त जिम्मेवारी दिए गाउँपालीकाको अध्यक्षको लागि चुनाब लड्ने बताए । अहिलेका गाउँपालीकाका अध्यक्ष कमानसिंह डागि लामो समयदेखि जनप्रतिनिधी भएर काम गरिसकेकाले डागिले नेतृत्व युबा पुस्तामा हस्तान्तरण गर्नुको बिकल्प नरहेको बस्नेतले बताए । पञ्चायतकालदेखि अहिलेसम्म धेरैपटक जनप्रतिनिधी भएर काम गरेकाले यसपाली युबालाई छोड्नु पर्ने उनको भनाई छ ।

गाउँपालीकामा आफ्नो पक्षमा पार्टी भित्र र बाहिर रहेका नेता, कार्यकर्तासहित शुभेच्छुकहरुले अध्यक्षमा अघि बढ्न सुझाब आएकाले यसपाली आफुले दाबी नछाड्ने बताए ।

कांग्रेस जिल्ला सभापती शंकरप्रसाद डागिको गृह गाउँ रहेको शान्तीनगरमा गाउँपालीकाको अध्यक्ष बन्नका लागि आन्तरिक लबिङ सुरु भएको छ । दिपक निकट रहेका अहिलेका गाउँपालिकाका अध्यक्ष कमानसिंह पनि जिल्ला सभापतिका दाजु हुन । गाउँपालीकाको अध्यक्षको लागि कमानसिंहले पनि इच्छा ब्यक्त गरेका छन । त्यस्तै कांग्रेस केन्द्रिय सदस्य गेहेन्द्र गिरि निकट खिमप्रसाद खराल पनि गाउँपालीकाको अध्यक्षको उम्मेद्वारको रुपमा चर्चामा छन ।

तपाईंको प्रतिक्रिया

थप खबर