तुलसीपुर उपमहानगरका तीन कार्यपालिका सदस्यको पद रिक्त

  फागुन १८, २०७८

दाङ, फागुन १७। तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ । निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उनीहरूको पद रिक्त भएको जनाएको छ ।

कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी)र दीपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको आयोगले जनाएको हो । उहाँहरू तीनै जना नेकपा (एकीकृत समाजवादी) पार्टी आवद्ध हुनुभएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उहाँहरूको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज विष्टले बताउनुभयो ।

उहाँहरूमध्ये कुमालले पार्टी फुट्नेबित्तिकै एकीकृत समाजवादीमा आवद्ध हुनुभएको थियो । उहाँ हाल सो पार्टीका तुलसीपुर नगर सदस्य हुनुहुन्छ। रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्ता दिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर