बन्द सफल बनाउन आयोजकहरु दाङको तुलसीपुर बजारको वीरेन्द्र चोकमा केन्द्रित

  फागुन १६, २०७८

दाङ,१६ फागुन । एक्कासी गरिएको नेपाल बन्दका कारण दाङ सहित देशभरको जनजिवन बिहानै देखि प्रभावित भएको छ । बन्दका कारण तुलसीपुर, घोराही, लमही भालुबाङ बजार बन्द छन् भने सवारी साधन पूर्णरुपमा ठप्प हुँदा सडक सुनसान छन् । सडकहरुमा एम्बुलेन्स, प्रेस, दुध तथा पानीका ट्याङकर लगाएतका अत्यावश्यक सवारी साधनहरुलाई बन्द कर्ताले चल्न दिएका छन् ।

बन्द सफल बनाउन आयोजकहरु दाङको तुलसीपुर बजारको वीरेन्द्र चोकमा केन्द्रित भएका छन् । बन्दको अबज्ञा गर्ने केही सवारी साधनको चाबी नियन्त्रणमा लिएको समेत उनिहरुले बताएका छन् । बन्दका कारण सवारी साधन पूर्णरुपमा ठप्प हुँदा काम बिशेषले घर बाहिर गएकाहरु घर फर्किन नपाउँदै बाटोमा अलपत्र परेका छन् । देउवा नेतृत्वको सरकारले रातारात संसदबाट एमसीसी पारित गरेको विरोधमा छ वटा कम्युनिष्ट पाटी र दुई वटा मोर्चाले सयुक्त रुपमा बन्दको आह्वान गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल र चित्र बहादुर केसी नेतृत्व राष्ट्रिय जनमोर्चाको आईतवार बेलुकी आकस्मिक बसेको सयुक्त बैठकले नेपाल बन्द गर्ने घोषणा गरेका गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर