आज एक कार्यक्रमका विच नेपाली कांग्रेस युवा नेता प्रमोद बस्नेतले खेल प्रतियोगिताको उदघाटन गर्नु भएको

  फागुन १५, २०७८

दाङको शान्तिनगर – ६ देविपुरमा फुटबल प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका विच नेपाली कांग्रेस युवा नेता प्रमोद बस्नेतले प्रतियोगिताको उदघाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता बस्नेतले खेलकुद स्वास्थ्यका लागि राम्रो भएको बताउनुभयो । खेलमा रुची राखेका युवाहरुलाई अगाडि बढाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पश्चिमदाङका चर्चित युवा नेता समेत रहेका बस्नेतले खेलकुदबाट राष्ट्रको नाम राख्ने सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । खेलमा विभिन्न टिमको सहभागिात रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर