नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरिकको अबिलम्ब उद्धार गर्न सरकारसँग माग

  फागुन १४, २०७८

१४ फागुन,  नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले युद्धग्रस्त युक्रेनबाट नेपाली नागरिकको अबिलम्ब उद्धार गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नागरिकमाथि सुरक्षा चुनौति बढ्दै गएको भन्दै नेपालीहरुलाई तत्काल उद्धार गर्न माग गरेकी हुन् ।

संकटमा परेका नागरिकका लागि राज्यले सुरक्षित रहनुस् भन्दै सूचना निकाल्नु पर्याप्त नहुने भन्दै विज्ञप्तिमा लेखिएको छ– कूटनीतिक पहल र आर्थिक लगायत प्रवन्ध गरी अप्ठेरोमा परेका नेपाली विद्यार्थी र नागरिकहरुको अबिलम्ब उद्धार गर्न जोडदार माग गर्दछौं ।

विदेशी भूमिमा रहेका आफ्ना नागरिकमाथि युद्ध, प्राकृतिक विपत्ति महामारी आदिका कारण सुरक्षा चुनौती आइपर्दा नागरिकको जीउधनको रक्षा गर्ने कर्तव्य राज्यको हुने पनि विज्ञप्तिमा लेखिएको छ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर