गठबन्धनको भविष्य कांग्रेसको हातमा : माधव नेपाल

  फागुन १३, २०७८

यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिन्न’

(धनगढी) — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी जस्तोसूकै चुनौतिको पनि सामान गर्न तयार रहेको बताएका छन् । एमसीसीका कारण नेपालको राजनीति र सत्ता गठबन्धन जटिल मोडमा पुगेको बताउँदै अध्यक्ष नेपालले गठबन्धन कायम राख्ने नराख्ने कांग्रेसले सोच्ने कुरा भएको बताए ।

उनले एमसिसिमा रहेका आपत्तिजनक प्रावधानहरु सच्याउनुपर्ने आफूहरुको अडान रहेकोले यथास्थितिमा अनुमोदन गर्न नसकिने दोहोर्‍याए । ‘अमेरिकी धम्कीले थप आशंका जन्मायो,’ अध्यक्ष नेपालले भने, ‘अनुदानमा धम्की हुन सक्दैन र अनुदानको नाममा बन्दी बन्न सकिन्न ।’ असंलग्न परराष्ट्र नीति लिएको नेपाल कुनैपनि सैन्य संगठनमा सामेल हुन नसक्ने बताउँदै विशुद्ध आर्थिक सहायता स्वीकार गर्न कुनै आपत्ति नरहेको उनको भनाई छ ।

धनगढीमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा नेता नेपालले बामगठबन्धनको तत्काल कुनै सम्भावना नरहेको बताए । लोकतान्त्रिक शक्तिहरुबीच भने सहकार्य हुनसक्ने उनको भनाई थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर