दाङमा बस र उईङगर एक आपसमा ठोकिदा ६ जना घाइते

  फागुन १२, २०७८

तुलसीपुर,१२ फागुन ।दाङमा बस र उईङगर एक आपसमा ठोकिदा ६ जना घाइते भएका छन ।  ना ६ ख ४१४९ नम्बरको बस र रा.१ ज. ८९४ नंम्बरको उईङगर एक आपसमा ठोकिदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक गोकर्ण बहादुर खड्काले जानकारी दिनुभयो । बिहिवार बिहान ९ः३५ बजे दाङ लमही नगरपालिका ६ स्थित बेलदमारमा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते हुनेमा रोल्पा न.पा. १ बस्ने बर्ष २२ कि मुना कुँवर,सोहि जिल्ला गंगादेव गा.पा. २ बस्ने बर्ष ३० कि भगुमती डाँगी,सल्यान त्रिवेणी गा.पा. ३ बस्ने बर्ष ५३ को मोतिलाल वली,उईङ्गर चालक दंगिशरण गा.पा. ५ बस्ने बर्ष ४१ को राजन के.सी., तुलसीपुर उ.म.न.पा. ६ बस्ने बर्ष २६ सुमित वली, र रोल्पा सुनिलस्मृती गा.पा. १ बस्ने बर्ष अ. ३४ कि सिमा खत्री रहेको प्रहरीले बताएको छ । घाइते मध्य दुई जना डिसचार्च भएका छन भने ४ जनाको नेपालगंजमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर