प्युठान,
१०-फागुन/ नेत्र बिक्रम चन्द ञविप्लवझ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठान जिल्ला कमिटीले गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो दलेको छ । सोमबार मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राणा र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई कालोमोसो दलेर जनकारवाही गरेको नेकपा प्युठानले जनाएको छ ।
स्थानीयहरुको जनगुनासो र श्रमिक समुदाय मोर्चा प्युठान समितिले उक्त गाउँपालिका भित्र भएका अनियमितता भएको भन्दै लिखित निवेदन नेकपा प्युठानलाई बुझाए पछि आफुहरु जनकारबाही गर्न बाध्य भएको जिल्ला सेक्रेटरी ञअजयझले बताए ।