कारबाही गर्ने सहमतिमा अबरुद्ध घोराही लमही सडक खण्ड सुचारु

  फागुन ०, २०७८

तुलसीपुर, ९ फागुन । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर अबरुद्ध घोराही लमही सडक खण्ड सुचारु भएको छ । दोषीलाई कानुन अनुसार कारबाही गर्ने सहमति पछि आक्रोशीत स्थानीयबासीले बिहान साढे १० बजेदेखि अबरुद्ध गरेको सडक दिउँसो साढे २ बजेदेखि सुचारु भएको हो । बाटो खुलाउन प्रयास गर्ने प्रहरी र स्थानीयबासी बीच झडप हुँदा स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

सोमबार विहान घोराही उपमहानगरपालिका–३ भानु चोक नजिकै ट्रकले मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमै मुत्यु भएको थियो । घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उक्त घटना भएको थियो ।

प्रहरीले ठक्कर दिने ट्रकसहित चालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिइसकेको छ । मतृकका परिवारले भने घटनामा अर्काे मोटर साइकल चालक समेत दोषी रहेको भन्दै पक्राउ गर्नुपर्ने माग गर्दै आएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर