ब्राउन सुगर सहित तुलसीपुरमा २ युवक पक्राउ

  फागुन ०, २०७८

तुलसीपुर, ९ फागुन । ईलाका प्रहरी कार्यालय तुलसीपुरले लागुऔषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –.५ न्युरोड निबासी भुपलाल बिक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलिले विकको आफ्नै घरको कोठामा शरीर खानतलासी गर्दा ८३० मि.ग्रा ब्राउन सुगर पोका पारी राखेको अवस्थामा १७ वटा पुडिया बरामद गरेको प्रहरीले बताएको छ ।

युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । त्यसैगरी तुलसीपुर उप–महानगरपाललिका–१८ हेमन्तपुर निबासी २६ बर्षका देबराज देवकोटालाई पक्राउ गरेको छ । प्रहरीले देवकोटाको साथबाट ४ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई थुनामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर