पश्चिम दाङको दंगीशरण गाउँपालिका २ स्थित कौवाघारी खानेपानी ट्यांकीको उदघाटन गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य राज्य मन्त्री विमला वली ,दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी र रोटरी ईन्टरनेश्नलका राजीव पोख्रेलद्धारा सयुंक्त रुपमा खानेपानी ट्ंयाकीको उदघाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री वलीले पश्चिम दाङ क्षेत्रको धेरै गाउँठाउँमा खानेपानीको समस्या भएको भए पनि विस्तारै समाधान हुदै गएको बताउनुभयो ।
साथै उहाले हरेक क्षेत्रको विकासको निम्ती प्रदेश सरकारको तर्फबाट आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सो अवसरमा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको ३ मा खानेपानी समस्या विस्तारै अन्त्य हुदै गएको उहाले बताउनुभयो । गाउँपालिकामा अहिले १८ वटा खानेपानी ट्याङकी निर्माणाधिन मध्ये ९ वटा आयोजनाबाट धारा सुचारु भईसकेको जानकारी दिनुभयो । केहि निर्माणाधिनको अन्तिम चरणमा रहेको उहाले बताउनुभयो । पहिले २ वटा मात्र खानेपानी ट्यांंकि रहेकोमा अहिले ५० प्रतिशत घरमा धाराको पानी पुगीसकेको भन्दै दंगीशरण २ मा खानेपानीको समस्या विस्तारै हट्दै गएको उहाँले बताउँनुभयो ।
सबै खानेपानी ट्यांकिनिर्माण कार्य सम्पन्नभएका ९० प्रतिशत घरले स्वच्छ खानेपानी पिउन पाएको उहाले बताउनुभयो । दंगीशरण २ का दुई ÷ ढाई सय घरधुरीले स्वच्छ खानेपानी पिउन सक्ने बताउनुभयो । साथै सहकार्य गरि काम सम्पन्न भएको भन्दै रोटरी क्लवलाई धन्यवाद ब्यक्त गर्नुभएको छ ।यस्तै वडा अध्यक्ष तुलसीराम देवकोटाले दंगीशरण २ वडामा खानेपानीको निकै समस्या भइरहदा यसको समस्या समाधानका लागी पहल भईरहेको बताउनुभयो ।कौवाघारी खानेपानी उपभोक्ता समितीका अध्यक्ष भरत परियारका अनुसार गाउँपालिकाको १५ लाख र रोटरी क्लवको सहयोग गरी १ करोड ४० लाखको लगानीमा खानेपानी ट्यांकि निर्माण कार्य सम्पन्न भएको हो ।
रोटरीका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक डा.रेवन्तकुमार भट्राईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रोटरी क्लव भरतपुरका भुपेन्द्र बस्नेतले गर्नुभएको थियो ।डेढ लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण भएको हो । उक्त आयोजनाबाट त्यस क्षेत्रका तिन सय घरधुरी लाभान्वित हुने भएका छन् ।