नेपाली काङ्ग्रेस को कार्यालयको उद्घाटन एबम कार्यकर्ता भेटघाट तथा छलफल

  फागुन ०८, २०७८

नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ८ मा ७२ औं प्रजातन्त्र दिवसका अवशर पारेर पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

नेपाली काङ्ग्रेस वडा नम्बर ८ समितिले शनिबार लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा एक कार्यक्रमको आयोजना गरि पार्टी कार्यालयको उद्घाटन गरेको हो । त्यस्तै नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर १ ले कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सप्नान्न गरेको छ।

कार्यालयको उद्घाटन एबम कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति तथा कार्यक्रमका प्रमुख अतिथि भेषराज पाण्डेले काङ्ग्रेस कमजोर भएकै कारण देशले दुस्ख पाएको बताए । नेपाली काङ्ग्रेस कमजोर भएको बेला देशमा भ्रष्टाचार बढेको, हत्या हिंसाका घटना घटेका, बलात्कार, महंगी बढेर गएको उनको भनाई छ ।

रुखमा भोट हाल्ने कार्यकर्ताहरुको लागि पार्टी कार्यालय भनेको मन्दिर जस्तै भएको भन्दै कार्यालय ब्यवस्थापनका लागि भवन उपलब्ध गराई दिने दाताप्रती धन्यवाद समेत ब्यक्त गरे ।

त्यस्तै नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकीलाल बस्नेतले काङ्ग्रेसको संगठनलाई बलियो बनाउने सबैको उद्देश्य हुनु पर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले जब जब नेपालमा विकासको मुल फुट्न खोज्छ तब कम्युनिस्टहरुले रडाको मच्च्याउने काम गर्ने गरेको बताए । साथै कम्युनिस्टका नेताहरुले एमसीसीका विरुद्धमा बोलेर जनतालाई भड्काएको उनको आरोप छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि मधु प्रसाद न्यौपानेले स्थानीय निर्वाचन नजिकिदै आएको हुँदा काङ्ग्रेस कार्यकर्ता बडो सुझबुझका साथ अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा बोल्दै न्यौपानेले एमसीसी नेपालका लागि हित भएको भन्दै काङ्ग्रेसका कार्यकर्ताले सहर्ष स्वीकार गर्नु पर्ने बताए ।

त्यस्तै अर्का केन्द्रिय महाधिवेशन प्रतिनिधि कर्णबहादुर बुढाथोकीले पार्टीका अघिल्ला प्रतिनिधि हुन्थे त्यो बेला पार्टीको कार्यालय झोलामा मात्र सिमित हुने बताए । अब पार्टीको वडा पार्टी कार्यालय स्थापना हुनु सकारात्मक पक्ष भएको बताए ।

लमही नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधि नारायणी खड्का, वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरी लगायतले मन्तव्य राखेका थिए ।

नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ८ का सभापति यादवनाथ योगीको सभापतित्वमा भएको कार्यक्रममा वडा समितिका सदस्य राज कुमार चौधरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण उपसभापति गणेश चौधरीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर