खुकुरी लिएर बैंकमा पसे ! अनि मच्चाए यस्तो उपद्रोU

  फागुन ०७, २०७८

काठमाडौं, फागुन ६ – बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका-२ स्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

कैलाली टिकापुर घर बताउने २६ वर्षीय सन्जु विकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

हतियारसहित बोकेर बैंकमा प्रवेश गरेका उनले तोडफोड गरेको आरोप छ। महत्वपूर्ण कागजात च्यातेको तथा दराज समेत तोडफोड गरी भागेको प्रहरीले जनाएको छ।  उनी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो पनि, कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३, मिलनचोकबाट भीमदत्त नगरपालिका-४ का २१ वर्षीया नेहा विष्ट र भारतको खटिमा उत्तमसिंहनगरका २७ वर्षीय वासुदेव विश्वास पक्राउ परेका हुन् ।

उनीहरूका साथबाट २१० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद भएकोे जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूका साथबाट लागुऔषध फेलापारेको थियो ।

 

तपाईंको प्रतिक्रिया

थप खबर