एमसीसीको विरोधमा पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका बेला एक समूहले काठमाडौंमा एमसीसीको पक्षमा प्रदर्शन गरेको छ ।
काठमाडौंको अनामनगरमा ‘वेलकम एमसीसी’ लेखिएको ब्यानर बोकेर एमसीसीको समर्थनमा मोटरसाइकल र्याली निकालिएको हो ।
यो समूहले बोकेको ब्यानरमा ‘स्वतन्त्र नागरिक समाज’ लेखिएको छ । उनीहरूले विकासे आयोजनालाई राजनीतिकरण गर्न नहुने भन्दै नाराबाजी पनि गरेका छन् ।