कोरोनाको २४ लाख खोप हिनामिनाको प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो

  फागुन ०३, २०७८

काठमाडौं: कोभिड १९ संक्रमणविरुद्धको २४ लाख मात्रा खोप हराएको भन्ने विषयमा तयार पारिएको छानविन प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई बुझाइएको छ ।

 

 

 

मन्त्रालयका १२औं तहका विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा गठित छानविन समितिले तयार पारेको प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडालाई बुझाएको हो ।

खोपको संख्या र बजारमा उठेका प्रश्नका विषयमा सत्य तथ्य छानविन गर्न स्वास्थ्य मन्त्रालयले तीन साताअघि डा लोहनीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिवेदन केही दिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

खोप हराएको भन्दै चौतर्फी प्रश्न उठेको थियो भने एमाले निकट युवा संघले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । मन्त्री खतिवडाले भने खोप हिनामिना नभएको र तथ्यांक संकलनमा तलमाथि भएको बताउँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर