देशभरको विद्यालय नक्सांकनको तयारीमा शिक्षा मन्त्रालयY

  फागुन ०२, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताएका छन् । आइतबार आयोजित अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’ मार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताए ।

देशभरका सार्वजनिक विद्यालयमा केको आवश्यकता छ, त्यो अनलाइन मार्फत हेरि आवश्यकता अनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबारलगायतका शीर्षकमा बजेट छुट्याउन सकिने बताए ।
‘सबै विद्यालयको भौतिक अवस्था, विद्यार्थीको संख्या वेभसाइटमा अपडेट भएपछि त्यहाँ चाहिने आवश्यक पूर्वाधार, आइसीटी ल्याब बनाउने गरी मन्त्रालयले तयारी गरेको छ, ’मन्त्री पौडेलले भने, ‘कुन जिल्लाको कुन विद्यालयको अवस्था कस्तो छ भन्ने अब वेभसाइटमा हेरेर थाहा हुन्छ ।’


मन्त्रालयमा आउने सबैले सार्वजनिक शिक्षा सुधारको कुरा नगर्ने बताउँदै अधिकार प्राप्तिको कुरा लिएर आउने गरेको बताए ।  विद्यालय राम्रो बनाउन प्रधानाध्यापक नै सक्रिय हुनुपर्ने बताउँदै व्यवस्थापन समितिको समन्वयमा विद्यालय नमुना बनाउन सकिने तर्क गरे । उनले आवश्यक १८ हजार शिक्षकको विज्ञापन भएर परीक्षाको चरणमा रहेको उल्लेख गरे ।


७५३ स्थानीय पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने काम भइरहेको बताउँदै भएकालाई नियमन गरी थप व्यवस्थित गरिने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर