कांग्रेस सभापति हमालको पहलमा कालीमाटी–काठमाडौं रात्रि बस सेवा शुरू

  फागुन ०१, २०७८

तुलसीपुर । त्रि–सिद्देश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेडले सल्यान जिल्लाको कालीमाटीबाट रात्रि बस सेवा सञ्चालमा ल्याएको छ ।

नेपाली कांग्रेस तुलसीपुर उप–महानगरपालिकाका सभापति समेत रहेका प्रालिका अध्यक्ष सुरेश हमालले कालीमाटीबाट रात्रि बसको सेवा सञ्चालनमा ल्याएका हुन् ।

आइतबारबाट प्रालिको बसले यात्रु लिएर काठमाडौं जानेछ । काठमाडौंबाट यात्रु लिएर पुनः कालीमाटी आउनेछ ।

दाङ जिल्लाको पश्चिम र सल्यान जिल्लाका सो क्षेत्रका यात्रुलाई काठमाडौंसम्म जान र आउन सहज होस् भनेर बस सेवा सञ्चालन गरेको अध्यक्ष हमालले बताएका छन् ।

दाङ र सल्यान जिल्लाको सिमाना नजिकै पर्ने कालीमाटीबाट दिउँसो ३ बजे काठमाडौंका लागि रात्रि बस छुट्नेछ ।
काठमाडौंबाट कालीमाटीका लागि साँझ साढे ५ बजे रात्रि बस छुट्नेछ ।

 

तपाईंको प्रतिक्रिया

थप खबर