विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई

  माघ २, २०७८

२९ माघ,  ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसFग खेल्दैछ ।

खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ : ४५ बजे सुरु हुनेछ ।

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो । त्यही लय कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ ।

यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ । शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ ।

नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् । नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ।

नेपालले दुई वर्षपछि यूएईसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सन् २०१९ मा नेपालले यूएई भ्रमण गर्दा तीन टी-२० आई र तीन ओडीआई सिरिज खेलेको थियो । दुवै सिरिज नेपालले २-१ ले जितेको थियो । पहिलो खेल हारेर पनि नेपालले लगातार दुई खेल जित्दै सिरिज जितेको थियो ।

त्यसपछि नेपाल र यूएई टी-२० मा पहिलो पटक खेल्दैछन् । २०१९ मा भएको सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो भने नेपालले दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

त्यही सिरिजमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै म्यान अफ दि सिरिज बनेका अविनाश बोहरा हाल नेपाली टिमको मुख्य सदस्यको रुपमा छन् । यस्तै त्यस सिरिजमा डेब्यु गरेका अन्य खेलाडीहरू रोहित पौडेल, सन्दिप जोरा र पवन सर्राफ भने यस पटक टिममा छैनन् ।

त्यस बेलाको टिम र अहिलेको टिममा धेरै फरक आइसकेको छ ।

अष्ट्रेलियामा आगामी अक्टोबर नोभेम्बरमा हुने विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाली टोली चार देशीय सिरिजमा राम्रो प्रदर्शन गर्दै ग्लोबल क्वालिफायरका लागि तयार रहने लक्ष्यमा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर