दाङको तुलसीपुरमा भिषण आगलागी

  माघ २८, २०७८

तुलसीपुर, २८ माघ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा भिषण आगलागी भएको छ । राति करिब पौने दुईबजे देखि लागेको आगोलाई नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीले प्रयास गरिरहेका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिनुभयो र्। आगलागी भएको घर भित्र केहि मान्छे फसेका छन् । उनिहरुसंग सम्पर्क पनि हुनसकेको छैन । धुवाँ र तातोका कारण बाहिरबाट भित्र जान नसक्दा उनिहरुको उद्धार गर्न सकिएको छैन । ’ डिएसपी अर्यालले भन्नुभयो ।

हुसेन बक्सले केहि समय यता होलसेलको जुत्ता पसल गर्दै आउनु भएको थियो । पिडित परिवार अहिले सम्म सम्पर्कमा आउन नसकेको त्यहाँ रहनु पत्रकार शरद रेग्मीले बताउनुभयो । यसैबिच घटनाको जानकारी पाए लगत्तै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे घटना स्थलमा पुगेर घटनाको जानकारी लिनु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर