तुलसीपुर नगर जेसिज वर्ष २०२२ को प्रथम साधारणसभा सम्पन्न

  माघ २४, २०७८

भुपेश ओली,
तुलसीपुर २२ माघ ।

आज तुलसीपुर नगर जेसिजको प्रथम साधारसभा सम्पन्न भएको छ । जेसिजमा अध्यक्ष लगाएत अन्य कार्यसमितीको कार्यकाल १ वर्षको हुने हँुदा नव निर्वाचित तुलसीपुर नगर जेसिजका अध्यक्ष जेसि केशवराज के.सीको अध्यक्षतामा तुलसीपुर नगर जेसिजको सचिवालय सम्पन्न भएको हो । आज सम्पन्न साधारणसभाले बिभिन्न निर्णय अनुमोदित गरेको छ ।
१. वर्ष २०२२ का उपाध्यक्ष र कार्यकारीणी उपाध्यक्षलाई कार्य विभाजन
२. वर्ष २०२२ को कार्ययोजना
३. खाता सञ्चालन सम्बन्धमा
४. विधान संशोधन समिती गठन सम्बन्धमा,
५. जेसिज मार्टको अवधारणा सम्वन्धमा, लगाएत निर्णयहरु छलफल भएको थियो ।
उक्त कार्यक्रममा जेसि कान्तुराम खनालबाट आस्थापाठ गरिएको थियो भने, पुर्व अध्यक्षहरु जेसि मोहन सुनार, जेसि मेघराज घिमिरे, जेसि दिपेश भन्डारी, जेसि बिमल पौडेल, जेसि सुर्यप्रसाद शर्मा र जेसि झरेन्द्र खरेलले आ–आफ्ना धारणा राख्नु भएको थियो, भने कार्यक्रमको सहजिकरण वर्ष २०२२ का महासचिव जेसि पुर्णवहादुर डांगीले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर