मेयर घनश्याम पाण्डे लाई अभिनन्दन गर्छौ,स्थानिय जनता।

  माघ १८, २०७८

रमा बुढा मगर—====

तुलसिपुर माघ १७/ २०७८, तुलसिपुरको कर्णाली भनेर चिनिने तुलसिपुर उपमहानगरपालिका वडा नं ३ को साविक ७ नं का जनताले मेयर घनश्याम पाण्डे लाई अभिनन्दन गर्ने बताएका छन।तुलसिपुर कै अति विकट ठाउँ बल्ले,टुनापानी,दाङ्गपानी,थापापानी,सिद्दधारा,नाउला प्रतापकोट,बोहरागाउँ र आम्बासका जनताले यस्तो बताएका हुन।२०६४ सालमा हाम्रो ठाँउमा मोटर बाटो त आयो तर ४ मिटर चौडाइ भएको अत्यन्त साँघुरो थियो जसका कारण आफू हरु अत्यन्त जोखिम पुर्ण यात्रा गर्न बाध्य थियौं तर अहिले मेयर साहब र वडा अध्यक्ष वीर बहादुर बि क ले डाँडाखुटी देखी बल्ले सम्म ९ मिटर चौडाइ भएको १० किलोमिटर मोटर बाटो निर्माण गर्दिनु भएको छ बल्लेका धनबिर पुनले राप्ती पहिचान सङ्ग भने।

बल्ले देखी मख्खनटाकुरी सडक खन्ड।

कति ठाउँ मा त सिङ्गल जिप मात्र अटाउने बाटो थियो, भिर र छाँङ्गा रहेको ठाँउमा गाडी पुग्दा जिउ सिरिङ्ग हुने गर्थ्यो अब ढुक्क सङ्ग यात्रा गर्ने भयौँ स्थानिय स्थानिय भुमा डाँगी बताउछिन। म माओवादी कार्यकर्ता हुँ २०७४ सालको स्थानिय निर्वाचानमा हाम्रो पार्टी ले चुनाव हारे पछी अब यो ठाँउमा बिकास निर्माण हुदैन कि जस्तो लागेको थियो तर एमाले बाट बिजयी भएका वडा अध्यक्ष बिजय ले आफ्नै पहलमा यति ठूलो निर्माण कार्य गरेर हामी साविक ७ नं वडावासी लाई सहयोग पुर्‍याए अर्का स्थानिय सुरेन्द्र बुढा मगर बताउछन।मेयर साहब र बिजय ले चुनाव जितेर आइ सके पछी यो ठाँउमा खानेपानी बिद्युत बिस्तार, बिद्यालय का भवन निर्माण लगायत ६ वटा ३ देखि ५ किलोमिटर का शाखा लाइन मोटर बाटो निर्माण भए जसले गर्दा सबै बस्ती सम्म आबश्यक सुविधा पुग्यो बुढाले फेरि भने।

गंगालाल राजमार्गको बल्ले खन्ड।

यता यही बिषयमा कुरा गर्दा तुलसिपुर उपमहानगर का मेयर घनश्याम पाण्डे ले त्यो आफ्नो कर्तब्य भएको कुरा बताए। हामी ले त्यो सडक को पुरानो नाम फेरेर गंगालाल राजमार्ग नामाङ्कन गर्‍यौँ त्यस पछी गंगालाल राजमार्गको डाँडाखुटी देखि बल्ले सडक खन्डमा तत्काल मोटर बाटो स्तरउन्नती गर्ने निर्णय गरेका थियौं त्यही निर्णय अनुसार त्यो बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ पाण्डे ले भने।

सो सडक खन्डको ठूलो गैरा खन्ड।

गएको असोज १५ गते देखी आज सम्म निरन्तर स्काइभेटर द्वारा बाटो निर्माण भइ रहेको छ झन्डै साढे ४ महिना हुन थाल्यो अहिले पनी स्काइभेटर ले दुई सिफ्ट राती र दिनमा गरी बाटो निर्माण कार्य भइ रहेको छ वडा नं ३ का वडा अध्यक्ष वीर बहादुर बि क (बिजय)ले हामी सङ्ग भने।

गंगालाल राजमार्गको प्रतापकोट खन्ड।

मेरो वडाको सबै भन्दा बिकट ठाउँ हो त्यो, त्यहाँ अनेकन समस्या हरु थिए, त्यो मध्य खानेपानी,बिद्युत, बिद्यालय भवन र मोटर बाटो मुख्य समस्या थियो त्यो समस्या बाट त्यस भेगका जनता लाई मुक्त गराउने गरी मेयर साहबले दिएको निर्देशन अनुसार बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने बिद्युत बिस्तार खानेपानी र बिद्यालय का भवन हरु निर्माण भइ सकेका छन बि क ले फेरि भने।

सो सडक खन्डको धर्मशाला खन्ड।

उपमहानगर सङ्ग गंगालाल राजमार्गको डाँडाखुटी देखि बल्ले सम्म मोटर बाटो निर्माण गर्न प्रयाप्त बजेट थिएन तर उपमहानगरको यान्त्रीक शाखा बाट स्काइभेटर र डिजल उपलब्ध गराएर बाटो निर्माण कार्य गर्ने भन्ने कार्यपालिका ले निर्णय गरेकाले सोही अनुसार मोटर बाटो निर्माण कार्य सुरु गरेका हौँ यान्त्रीक शाखा का शाखा प्रमुख केसब डाङ्गी बताउछन।

सेतो डाँडा खन्ड।

बाटो खन्न सुरु भए देखि अहिले सम्म २० हजार २९० लिटर डिजल पठाइ सकेका छौँ भने स्काइभेटरले १ हजार २ सय २० घन्टा बाटो खन्ने काम गरि सकेको छ डाङ्गीले अगाडि भने।

चन्द्रकान्त मोड खन्ड।

स्काइभेटर ले हार्ड स्वायल १ घन्टामा ५० घनमिटर सम्म खन्न सक्छ भने १ हजार २ सय २० घन्टामा स्काइभेटर ले ६१ हजार घनमिटर हार्ड स्वायल कटिङ गर्ने काम गरि सकेको छ तुलसिपुर उपमहानगर का इन्जिनियर पवन योगी ले राप्ती पहिचान लाई बताए।हार्ड स्वायल को कटिङ गर्न प्रती घनमिटर २५० का दरले ६१ हजार घनमिटर को १ करोड ५२ लाख ५० हजार बराबरको काम भइ सकेको छ योगी ले अगाडी भने।

सो सडक खन्डको डाँडाखुटी भ्युँडहर खन्ड।

अब लगभग बाटो निर्माण गर्ने काम सकिनै लाग्यो जे होस आफ्नै कार्यकालमा यो सडकको स्तरउन्नती गर्न पाउँदा आफू हर्षित भएको कुरा वडा नं ३ का वडा सदस्य जित बहादुर घर्ती बताउछ्न। आ,व २०७८/०७९ को बजेटमा यो मोटर बाटो को लागि बजेट नछुट्ट्याए पनी यान्त्रीक शाखा बाट निर्माण कार्य सम्पन्न हुने भयो यसका लागि हाम्रा अभिभावक तथा मेयर घनश्याम पाण्डे लाई तपाइको मिडिया मार्फत आभार प्रकट गर्न चाहन्छु घर्तिले अगाडी भने।

बाटो निर्माण गर्दै उपमहानगर यान्त्रीक शाखा को स्काइभेटर।

निर्माणाधिन सडक को अन्य स्थान का फुटेज हरु।

फुटेज निर्माणाधिन सडक क।
निर्माणाधिन सडक।

तपाईंको प्रतिक्रिया

थप खबर