अनुप पाण्डे बिरुद्ध १७ जनाले ५ करोड ८९ लाख ठगी गरेको भन्दै दिए उजुरी

  माघ १८, २०७८

तुलसीपुर, माघ १७ । तुलसीपुर घोराही फोर लेन सडक बिस्तारको जिम्मा लिएका पेटी ठेकेदार अनुप पाण्डे बिरुद्ध ५ करोड ८९ लाख ठगी गरेको भन्दै १७ जना ब्यक्तिले प्रहरी प्रशासनमा उजुरी दिएका छन् ।

अनुप तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरा हुन ।

पीडित मध्य १६ जनाले जिल्ला प्रशासन कार्यालयमा र एक जनाले जिल्ला प्रहरी कार्यालयमा उक्त परिमानमा रकम ठगी गरेको भन्दै मुद्दा दिएका हुन ।

माघ १४ गतेसम्म १६ जनाले अनुप पाण्डे बिरुद्ध ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ती सबै निबेदनहरु संकलन गरि सडक आयोजना कार्यालयमा पठाएको जानकारी दिए ।

सकेसम्म मिलापत्रै गर्ने हिसावले र पीडितले पैंशा पाउन भन्ने सेिचले सक्कली निबेदन आयोजनाको कार्यालयमा पठाइ दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले तर्क गरे ।

पीडितले आयोजनाबाट न्याय नपाए उनीहरु फेरि ठगी मुद्दाका साथ प्रहरीमा जाहेरीका लागि जाने बताएका छन् ।

त्यस्तै घोराही उपमहानगरपािलका वडा नं. १५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालयमा गइ पाण्डे बिरुद्ध १ करोड ४४ लाख ठगी गरेको भन्दै जाहेरी दिएका छन् ।

बस्नेतले तुलसीपुर– घोराही चारलेन सडकमा आफ्ना नौं वटा टिपर प्रयोग गरे बाफतको भाडा र डिजल खर्च समेत ठेकेदार पाण्डेले नदिएको गुनासो गरे ।

घटनाबारे जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बस्नेतले दिएको उजुरी माथि अध्यन भइ दर्ता प्रक्रिया सुरु भएको जानकारी दिए ।

पीडित प्रहरीमा आएपछि मुद्दा दर्ता गरि ठगी गर्नेलाई कारबाही प्रक्रियापनि अगाडि बढाउने एसपी काफ्लेले बताए ।

सडक निर्माणको जिम्मा भारतको तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रालिले पाएपनि उस्ले आफ्नो आधिकारीक नेपाल प्रतिनिधिका रुपमा पेटी ठेकेदारका रुपमा अनुप पाण्डेलाई तोकेको थियो ।

अनुपले तुलसीपुरको हात्तीखौवादेखि घोराहीको बबई खोलासम्म चार लेन सडक बिस्तारको जिम्मा लिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर