गाउँपालिकाका कान्छा वडाध्यक्षका सम्मान योग्य काम

  माघ १७, २०७८

शान्तिनगर गाउँपालिकाका प्रवक्ता तथा शान्तिनगर गाउँपालिका वडा नं। ६ का वडाध्यक्ष रबि बुढाथोकी । उनी २०४८ साल माघ १ गते बुवा गोविन्द बहादुर बुढाथोकी र आमा कौशिला बुढाथोकीको कोखबाट साविक धनौरी गाविस वडा नं। ५ हालको शान्तिनगर गाउँपालिका वडा नं। ६ कोर्वाङमा जन्मिएका हुन् । उनको वाल्यकाल कोर्वाङ मै वितेको थियो । वाल्यकालमा उनी पढाईमा नै बढी ध्यान दिन्थे । पढाई बाहेक उनी खेलकुदमा एकदमै रुचि राख्दथे । आफुले वाल्यकालदेखि नै नेतृत्व गर्ने रुचि राख्ने गरेको उनी सुनाउँछन् । त्यो बाहेक आफु सामान्य परिवारमा जन्मिएकाले खेतीपतीको काममा पनि बुवाआमालाई सघाउने गरेको उनी बताउँछन् ।

उनी कक्षा पाँचसम्म आधारभुत विद्यालय सुनडवरीमा पढे । र कक्षा ६ चरकमटिया स्कुलमा पढेका थिए । त्यसपछि उनी कक्षा सातदेखि १० सम्म रुकुममा पढे । उनी रुकुमबाटै २०६३ सालमा एसएलसी पास गरेका थिए । त्यो समयमा देशमा शसस्त्र जनयुद्ध चलेको थियो । शसस्त्रयुद्ध चलेको बेला पश्चिम दाङका विद्यालय नचलेपछि उनी आफ्नो मामाको घर रुकुम खलङगामा भएकाले त्यही गएर बढेको बताउँछन् । एसएलसी पछि उनी दाङ आए । उनी तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा भर्ना भए । उनले राप्ती बबईबाट २०६६ सालमा आईए पास गरे । त्यसपछि २०७१ सालमा बबई क्याम्पसबाटै गणित बिषयबाट व्याचुलर पास गरेका थिए । ब्याचुलर पास गरेपछि उनी डिग्री अध्ययनका लागि काठमाडौं गएका थिए तर २०७२ सालमा भुकम्प गएपछि आफुलाई काठमाडौँमा बस्न मन नलागेको उनी सुनाउँछन् । उनी काठमाडौंदेखि दाङ आएर शान्तिनगर गाउँपालिका वडा नं। ७ मा रहेको मावि तुलसीपुरमा बढाउन सुरु गरे । दुई वर्षसम्म त्यहाँ पढाई सकेपछि उनलाई पार्टीले टिकट दियो । र उनी वडाध्यक्ष पदमा चुनाव जिते ।

जनताको सेवा गर्ने लक्ष्य
रवि वाल्यकालबाटै जनताहरुको सेवा गर्ने रुचि राख्दथे । अहिले राजनितिक फिल्डमा आएसंगै समाज सुधार्ने र राजनितिलाई पेशाको रुपमा भन्दा पनि राजनितीबाट समाज परिवर्तन गर्ने, देशलाई राम्रो दिशातर्फ लैजानको लागि आफु सरल जीवनबाट राजनितीको कठिन यात्रामा लागेको उनी बताउँछन् । जागिर खानु, अन्य पेशा गर्नु भन्दा राजनिती गर्नु एकदमै कठिन रहेको उनी सुनाउँछन् । अन्य पेशा व्यवसाय गर्दा आफु र आफ्नो परिवार पाल्ने मात्रै भएपनि राजनिती गर्दा समग्र जनता र देशको हित हुने काम गर्नु पर्ने उनी बताउँछन् । राजनिती जहिले पनि वक्र रेखामा हिड्ने फिल्ड रहेको बताउँने उनी राजनितीमा आईसके पछि यो बन्छु, भन्ने लक्ष्य नराखि म यो गर्छु, भन्ने लक्ष्य राख्नु पर्ने उनी बताउँछन् । आफु जुन पदमा रहेपनि समाजको लागि राम्रो काम गर्ने आफ्नो लक्ष्य रहेको उनी सुनाउँछन् । आफुले जुन काम गरेको छ त्यही काममै रमाउदै सन्तुष्ट हुनु पर्ने उनको भनाई छ । ‘अन्य काम गर्दा जीवन सरल तरिकाले वित्छ, भन्ने मलाई थाहा छ, उनी–भन्छन् मैले गर्ने काम कठिन छ, तर मैले आफु र आफ्नो परिवारको भन्दा पनि समाजको लागि सोचेर अगाडी बढेको छु उनी–भन्छन् र मैले गरेको कामबाट म सन्तुष्ट छु’ ।

आफु शिक्षकको रुपमा दुई वर्ष जागिर खाँदा आन्दानी राम्रै भएपनि आफु उक्त पेशामा सन्तुष्टि हुन नभएको उनी सुनाउँछन् । परिवारबाट राजनिती गर्नु हुँदैन, जागिर नै खानुपर्छ, हामी गरी खाने परिवार हो भनेर धेरै सम्झाए पनि आफुमा राजनिती गरेर समाज परिवर्त गर्न सक्छु भन्ने अठोट लिएर अगाडी बढेको उनी बताउँछन् । रबि बुढाथोकी कक्षा पढ्ने बेला नै नेविसंघको रसिद लिएका थिए । तर उनी २०६६ सालबाट राप्ती बबई क्याम्पसमा नेविसंघको सचिव भएर संक्रिय राजनितीमा लागेको थिए ।
कांग्रेस पीडित परिवार
पहिले रबिको परिवार सल्यानमा बस्दथ्यो । सल्यानमा बस्ने बेला उनका हजुरबुवाहरु जिम्वाली थिए । उक्त समयमा जिम्वालीहरुले पञ्चायतको काम गर्थे । त्यहीबेला पञ्चायत र जिम्वालीहरु बीच द्वन्द्व चलेको थियो । त्यसपछि उनको परिवार पञ्चायत भएकै कारण कांग्रेसबाट सल्यानदेखि लखेटियो । सल्यानमा बस्ने वातावरण नभएपछि उनको बुवाहरु दाङ आएर बसे । बुढाथोकीको परिवारमा कांग्रेसमा आस्था राख्ने कोही पनि थिएनन् । २०५४ सालमा उनका बुवा राप्रपाबाट साविक धनौरी गाविसको उपाध्यक्ष पदमा चुनाव लडेका थिए । तर आफु भने मामाघरको हजुरबुवा र कांग्रेसको विचारबाट प्रभावित भएर आफ्नै संर्घषले नेपाली कांग्रेसमा स्थापित भएको उनी सुनाउँछन् । स्थानीयतहको चुनावका लागि टिकट दिने बेला पनि धेरै समस्या परेको उनी बताउँछन् । धेरैले उस्को परिवार कांग्रेस होईन, यस्लाई कसरी विस्वास गर्ने, कसरी कांग्रेसबाट यस्लाई वडाध्यक्षको लागि पार्टीले टिकट दिने भन्ने खालका धेरै प्रश्नहरुको सामना आफुले गरेको उनी बताउँछन् । तर आफुले परिवारले पहिले के गर्नु भयो, कुन पार्टीमा आवद्ध भएपनि आफु भने कांग्रेसको विचारबाट प्रभावित भएको र आफु कांग्रेस नै रहेको भनेर विश्वास दिलाउनु परेको उनी बताउँछन् । अहिले भने आफ्नो सबै परिवार कांग्रेसमा नै आवद्ध रहेको उनको भनाई छ । र अहिले परिवारबाट राम्रो साथ सहयोग रहेको उनी बताउँछन् ।

रबि शान्तिनगर गाउँपालिका वडा नं। ६ मा वडाध्यक्षका उम्मेदवार दिएका मध्ये कान्छा उम्मेदवार हुन् । कुनै पनि पार्टीले युवा उम्मेदवारलाई हतपटि विश्वास नगर्ने गरेको सुनाउँछन् । तथापी स्थानीयतहको निर्वाचनमा जुन–जुन पार्टीले युवा उम्मेदवारलाई अगाडी बढाए उनीहरु सबै सफल भएको उनले बताए । जागिर छोडेर समाजको लागि केही गर्छु, भनेर युवा अगाडी आएको छ, यस्ले समाजको लागि राम्रो काम गर्न सक्छ भनेर जनताहरुले विश्वास गरेर आफुलाई स्थानीयतहको निर्वाचनमा जिताएको उनी सुनाउँछन् । जनप्रतिनिधी भएर आएसंगै अनगिन्ती कामहरु गर्नु पर्ने उनी बताउँछन् । ति सबै कुरा मिलाएर अगाडी बढ्नु पर्ने भएकाले केही जटिल भएपनि जनताहरुको हरेक सुख दुःखमा संगै भएर काम गर्ने, जनताहरुले गरेको मान सम्मानले गर्दा रमाईलो पनि हुने उनी सुनाउँछन् । कतीपय काममा जनताहरुबाट गुनासो आयो वा गाली खाईए पनि जनताहरुले किन गाली गरे भनेर उहाँहरुको समस्या बुझेर अगाडी बढ्नु पर्ने बताउँछन् । अहिले उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट क्षेत्रिय प्रतिनिधी, नेपाल विद्यार्थीसंघको जिल्ला सदस्य लगायतमा आवद्ध छन् ।
वैवाहिक जीवन
रबिले २०७४ साल असोज १६ गते तुलसीपुर उपमहानगरपालिकाको हेमन्तापुरबाट बिहे गरेका हुन् । करिब दुई वर्षको प्रेम पछि उनले मागेर बिहे गरेका थिए । क्याम्पसमा अध्ययन गर्ने क्रममा जीनव साथीसंग भेट भएको र उनको बोली व्यबहारले आफु प्रभावित भएको उनी बताउँछन् । ‘मैले जुनखालको जीवन साथी पाए हुन्थ्यो, भन्ने कल्पना गरेको थिए, त्यही अनुसारको जीवन साथी पाएको छु, म उनीबाट एकदमै सन्तुष्ट छु’ उनी भन्छन् । आफ्नो जीवन समाजको लागि समर्पण गरेको भएकाले विवाहा पछि भने केही जिम्मेवारी थपिने उनी बताउँछन् । तर आफ्नो हरेक काममा परिवारसहित जीवन साथीको धेरै साथ रहेको उनको भनाई छ । रबिका एक छोरा छन् । अबको जीवन पनि राजनिती गरेर बिताउने उनको सोच छन् । नेपाली कांग्रेसमा आवद्ध भईसकेपछि पार्टीले जुन किसिमको जिम्मेजारी दिएको छ त्यो जिम्मेवारी राम्रो सोचेर राम्रो तरिकाले सम्पन्न गर्ने उनको सोच छ ।

तपाईंको प्रतिक्रिया

थप खबर