फोरलेनका ठेकेदार मेयरका छोरा अनुपमाथी डेढ करोड ठगिको मुद्धा प्रहरीमा दायर

  माघ १७, २०७८

दाङ । दाङका झण्डै डेढ करोड ठगि गरेको आरोपमा एक जना निर्माण ब्यबसायी विरुद्ध प्रहरीमा जाहेरीमा परेको छ

घोराही १५ भरतपुर निबासी ब्यबसायी गेहेन्द्र बस्नेतले निर्माण ब्यबसायी अनुप पाण्डेले आफुलाई डेढ करोड बढि रकम ठगि गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन । जाहेरी दिने बस्नेत एमाले दाङका जिल्ला सदस्य हुन ।

उनले घोराही-तुलसीपुर फोरलेन सडकमा आफ्ना टिप्पर लगाएकाले त्यसको भाडा र इन्धन बाफतको रकम १ करोड ४४ लाख रुपैया ठगि गरेको भन्दै पाण्डे विरुद्ध ठगि मुद्धामा जाहेरी दिएको बताए । पटक-पटक पैसा माग्न जादा पनि नदिने गरेको गुनासो गर्दै पाण्डे सम्पर्कमा नआउदा आफ्नो घर खेत नै लिलामी हुने अबस्था आएकाले आफु बाध्य भएर कानुनि उपचार खोज्न प्रहरीमा जानु परेको बताए । पाण्डेले आफु जस्तै दाङका थुप्रै ब्यबसायलाई ठगि गरेर बिचल्लि पारेको आरोप लगाउदै उनले पाण्डे विरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा पनि उजुरि दिएको बताए । पाण्डेले पैसा नदिदा बैंकको ब्याज, टिप्परको किस्ता तिर्न पनि समस्या भएको उनले गुनासो गरे।

धेरै पटक आफुले पैसा आउला भनेर पर्खे पनि सम्पर्कमा नआई झुलाउने, भाग्ने गर्नुका साथै पावर देखाउन खोजेको पनि गम्भिर आरोप लगाए । आउनु पर्ने ठाउँबाट पैसा नआएपछि अहिले आएर ऋण खाएको पनि ब्याज तिर्न ताकेता गरिरहेको अबस्थामा आफुसंग बैंकको ब्याज नै तिर्ने पैसा समेत नहुदा निकै समस्या परेको बताए । निर्माण ब्यबसायी पाण्डेले आफु थुप्रो ऋणमा रहेको र भारतिय साझेदार पार्टीले पैसा नदिएको कारण तिर्न नसकिएको बताएका छन । तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा अनुप फोरलेनका ठेकेदार पनि हुन । तथ्य इन्जिनियरिङले जिम्मा लिएको फोरलेनको नेपालको मुख्य ब्यक्ति पाण्डे नै रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय दाङले पाण्डे विरुद्ध ठगिमा जाहेरी आएको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले पाण्डे विरुद्ध पिडित ब्यबसायीबाट जाहेरी आएको र जाहेरी दर्ता हुने बताए । उनले अन्य ब्यबसायीहरुबाट पनि पाण्डेसहित मुख्य ठेकेदार विरुद्ध जाहेरी आउनेक्रममा रहेको जानकारि दिए ।

उनले अदालतबाट पक्राउ पुर्जी आउनासाथ पक्राउ गरेर कानुनी दायरामा ल्याइने पनि बताए ।त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङले पनि पाण्डे विरुद्ध प्रशासनमा दैनिकजसो उजुरी आइरहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबीत्रा थापाले मजदुरदेखि ब्यबसायीले पैसा नपाएको गुनासोसहित उजुरि आइरहेको र उजुरि संकलनपछि कानुनी दायरामा जाने बताइन । उनले पाण्डे विरुद्ध उजुरिको प्रशासनमा चाङ नै रहेको बताइन ।घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।

नेपाल प्रेसबाट

तपाईंको प्रतिक्रिया

थप खबर