मतदान सकियो, लुम्बिनी प्रदेशमा २९६ मतदाता मध्ये २९४ मत खस्यो

  माघ १२, २०७८

तुलसीपुर, १२ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी लुम्बिनी प्रदेशको दाङमा मतदान सकिएको छ । घोराहीको कर्मचारी मिलन केन्द्रको मतदान स्थलमा विहान ९ बजेदेखी सुरु भएको मतदान निर्धारित समय भित्र सकिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले पहिलो मत खसालेर मतदानको शुभारम्भ गर्नुभएको थियो । लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकोमा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

उहाका अनुसार प्रदेश सांसद तर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानिय तह तर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् ।मतदानका लागी प्रदेश सांसद र स्थानिय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र बनाईएको थियो । अब आबश्यक प्रक्रिया सुरु गरेर मतगणना हुने उहाले जानकारी दिनुभयो । मतगणना सोहि ठाउँमा हुने उहाले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा तिन जना राष्ट्रिय सभा सदस्य पदका लागी छ जना चुनाव लडेका छन् । महिला सदस्यतर्फ सत्तागबन्धन दल एकिकृत समाजवादीको तर्फबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे र एमालेको तर्फबाट बाँकेका भारती उपाध्यय खनाल बिच प्रतिष्प्रर्धा भएको छ ।

यस्तैगरी दलिततर्फ सत्तागठबन्धन दल जनमोर्चाको तर्फबाट रुपन्देहीका तुल प्रसाद विश्वकर्मा र प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट गुल्मीका कृष्ण सुनार तथा अन्य तर्फ सत्तारुढ दल कांग्रेसबाट बाँकेका युवराज शर्मा र प्रतिपक्ष एमालेको तर्फबाट दाङका रामदयाल गुप्ताका बिचमा निर्वाचन भएको छ । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट एमालेका कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल फागुनमा सकिदैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर