लमही नगरपालिकामा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण

  माघ ११, २०७८

प्रिया स्मृती गजमेर,लमही
११-माघ/ लमही नगरपालिकामा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । रुघाखोकी, टाउको दुख्ने, जिउ दुख्ने जस्ता लक्षण देखिएका कर्मचारीको एन्टिजेन परिक्षण गर्दा उनिहरुमा कोरोना पोजेटिभ देखिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालमणी सुवेदीले जानकारी दिए ।

मंगलबार १० जना कर्मचारीमा गरिएको कोरोना चेकजाँच मध्य ७ जनामा पोजेटिभ भेटिएकोहो । साथै अन्य कर्मचारीहरुमा पनि कोभिड १९ संग मिल्दोजुल्दो लक्षण देखिएको र सेवा प्रवाहमा समेत कठिन भएको भन्दै यहि माघ १२ गते देखि अर्को सुचना जारी नभएसम्म अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर