मास्क लगाउन प्रहरी परिचालन

  माघ ०८, २०७८

७-माघ/ दाङमा कोरोना संक्रमित थपिदै गएका छन् । शुुक्रबार १४ जनामा कोरोना देखियो । अहिले संक्रिय विरामीको संख्या ४ सय पुुग्न लागेको छ । तर नागरिक तहमा सहजकता र डर भने देखिएको छैन् । भिडभाड उस्तै छ भने मास्क समेत लगाउदैनन् । स्वास्थ्य क्षेत्रका जानकारहरुले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने बिषयलाई अनिवार्य गरेपनि नागरिक स्तरबाट भने गम्भिर लापर्वाही देखिएको हो ।

जान्ने बुुझ्नेहरुबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिने स्वास्थ्यकर्मीहरु बताउँछन् । यसैक्रममा कोरोना जोखिम न्यूनिकरणका लागि दाङमा प्रहरीले सचेतना मूलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भिडभाड गर्नेहरुलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुुकुन्दप्रसाद रिजालले जानकारी दिए । जिल्लाभरी नै बजार क्षेत्रमा प्रहरीहरु परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुुुरामा सचेत पार्दै आएको उनको भनाई छ ।

यसैक्रममा आज प्रहरी निरीक्षक झबिन्द्र परियारको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुलसीपुर चोक, शहिद गेट लगाएतका स्थानहरुमा तपाईको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ । सो क्रममा मास्क नलगाएर हिडेका दर्जनौ नागरिकहरुलाई कोरोना जोखिमको बारेमा बुुझाउदै अटेरी नगर्न र स्वास्थ्यको बिषेश ख्याल गर्न सुुझाब दिईएको प्रहरी निरीक्षक परियारको भनाई छ ।

 

 

 

 

 

तपाईंको प्रतिक्रिया

थप खबर