सिडीओले भने, ‘तुलसीपुरको स्थिति आजै रातिदेखि कफ्र्यू लगाउने खाले छ

  माघ ०६, २०७८

तुलसीपुर, माघ ६ । कोरोना भाइरसको नयां भेरीयन्टको संक्रमण उच्च दरमा फैलंदापनि स्वास्थ्य सचेतनाको स्तर भने निकै तल्लो स्तरमा झन्दै जान थालेपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी हुक्किएका छन् ।

सार्वजनिक यातायात क्षेत्र, पर्यटकीय एवं धार्मिक क्षेत्र, शान्तिपार्क तथा वाल उद्धान्न, बैंक तथा वित्तिय संस्था लगायतका प्राय सवै स्थानहरुमा स्वास्थ्य सावधानीको मापदण्ड पालनाको अवस्था निकै कमजोर भएपछि प्रमुख जिल्ला अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘अझैपनि केही विग्री सकेको छैन, अधिक्तम स्वास्थ्य सावधानी अपनाउने तर्फ सवै क्षेत्र सचेत बनौं, यस्तो गर्नै सक्नुहुन्न र यदी तपाँई चाहनुहुन्छ भने आज ैरातिदेखि तुलसीपुरमा कफ्र्यू लगाइदिन्छु’, सिडीयोले भने ।

तुलसीपुर उद्योग वाणिज्य संघको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा तुलसीपुरमा बुधवार आयोजित कोभिड रोकथाममा सचेतना अभियान अन्तर्गतको सरोकारवालाहरु संगको वहश कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ।

स्थानीय प्रशासनले संबन्धित क्षेत्रको संक्रमणको अवस्था हेरेर कडाइ र लचकता अपनाउन सक्ने तर्फ संकेत गर्दै प्रमुख जिल्ला अधिकारीले अव आ–आफ्नो क्षेत्रलाई संक्रमणको चेनब्रेक गर्न सोही क्षेत्रकै सरोकारवाला निकायहरु एक्शनमा जानुपर्ने बताए ।

‘हामीलाई यस्तो भइरहेको छ भनेर भन्ने मात्र होइन, तपाँइहरु आफै टाष्कफोर्ष बनाएर सक्रमणलाई परास्त गर्न लाग्नुस्, हाम्रो स्वीकृति लिइरहन ुपर्दैन, जानकारी दिएमात्रै पुग्छ’, रोग्मीले भने, कोरोना संक्रमणलाई एकल प्रयासले परास्त गर्न सकिंदैन ।’
मास्क लगाउनैका लागि स्थानीय प्रशासनले प्रहरी परीचालन गर्नपर्ने अवस्था आउन नदिनका लागि स्थानीय पालिकाका सवै सरोकारवाला सामाजिक संघसंस्थाहरु अव एक्शनमा उत्रनुपर्ने पनि उनको सुझाव थियो ।

‘कोरोना परास्त गर्नका लागि सवैभन्दा ठूलो उपाए भनेकै न्यूनतम स्वास्थ्यका मापदण्ड पालना गराउनु हो । अव यसमा रेस्पोन्स मात्रैले पुगेको छैन, एक्शनमै जानु उपयुक्त हुने छ। त्यसमा साथ दिन स्थानीय प्रशासन तयार छ’, रेग्मीले भने ।

तुलसीपुरमा पछिल्लो एक सातामै कोरोना संक्रमणको दर कम्तिमा ५० प्रतिसत भन्दा माथि उक्लिएपछि सरोकारवाला निकाय गम्भीर बन्न थालेका छन् । यद्धपी बजारमा स्वास्थ्य सावधानीको अवस्था भने निकै कमजोर रहेको छ ।

सक्रमण पचास प्रतिसतमा फैलिसक्दा पनि मास्क लगाउनहरु पचास प्रतिसत मात्रै छन् ।
जिल्ला प्रहरी प्रमुख शुरेश काफ्लेले प्रहरीलाई देखे मात्रै खल्तिमा राखेको मास्क नाकमा लैजाने प्रबृत्ति अन्त गर्न सवै तहबाट सचेतनाको अवस्था बढाउन आवश्यक रहेको बताए ।

साथै उनले संक्रमणले जुनसुकै क्षेत्रमा समस्या हुने भन्दै सिटामोलको अभाव हुन नदिन उद्योग वाणि ज्यसंघले व्यवसायीलाई सचेत बनाउन पनि आग्रह गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाहले समस्या आफैमा रहेको बताउंदै सवै सच्चिएर गएमा मात्र सचेतनाको स्तर बढ्ने स्पष्ट पारे ।

उनले सरकारी निर्णयहरु कार्यान्वयनमा ल्याउने निकाय जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमै चर्को भिड भइरहेको भन्दै सवैभन्दा पहिले त्यहांको भिड व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।

कोभिड संक्रमण व्यवस्थापन, हामी सवैको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनश्वास्थ्य प्रवद्र्धन महाशाखाका कोरोना फोकल पर्शन विमल केसीले गत दुई साताको तथ्यांकमा एक हजारको कोरोना परीक्षण गर्दा ३६५ जनामा पोजेटीभ देखिएको तथ्यांक प्रस्तुत गरे । जुन परीक्षणको ३३ प्रतिसत हो ।

एक साताको तथ्यांकमा त यो संक्रमण दर कम्तिमा ५० प्रतिसत पुगेको उनको अभिव्यक्ति थियो । उनले संक्रमणमा तुलसीपुर क्षेत्रका २५ विद्यालयका करिव ९० भन्दा बढी विद्यार्थी र २० भन्दा बटी शिक्षकहरु परेको जानकारी दिए ।

परीक्षणको दायरा बढाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो हस्पिटल, राप्ती प्रादेशिक अस्पताल र राप्ती आंखा अस्पताल रक्षाचौरमा निशुल्क एन्टिजेन्ट परीक्षणको व्यवस्थापन भइरहेको पनि बताए ।

साथै कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्य शाखाको मोवाइल टिम बनिसकेको र संबन्धित क्षेत्रमा पुगेर परीक्षण गर्ने जानकारी दिए ।

तुलसीपुमा हाल सम्म कम्तिमा ९८ हजारले सिंगल डोज खोप लगाएको, ७८ हजारले दुवै डोज लगाएको उनले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाले करीव एक लाख चारहजार नागरीकलाई खोप लगाउने लक्ष लिएको उनले बताए । त्यसमा १२ देखि १८ बर्ष सम्मका २२ हजार विद्यार्थी खोप लगाउन पाएका छैनन् ।
अन्तरक्रिया कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमिक्त मेसु डा. विनोद सिंहले अस्पतालको कोरोना इकाइमा २० वेड एनआइसियु, १० वेड आइसियु लगायत कम्तिमा ६० जना सम्मलाइ उपचार गर्न सकिनेगरी वेड व्यवस्थापन भैसकेको बताए ।

यद्धपी आइसियु, एनआइसियू र एचडियु वेडमा अक्सिजन पाइपलाइन विस्तार भइ नसकेको बताउंदै त्यसका लागि प्रदेश सरकारबाट तत्काल बजेट व्यवस्थापनका लागि सवैमा आग्रह गरे ।

कार्यक्रममा अनुसन्धान कार्यालय दाङका प्रमुख एसपी अर्जुन भण्डारी, तुलसीपुर उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष तथा सरसफाई अभियन्ता विमल रिजाल, संघका कोषाध्यक्ष देवबहादुर केसी, जेसीसका केन्द्रीय उपाध्यक्ष तथा शिक्षक नारायण भण्डारी, लायन्स क्लव अफ दाङका अध्यक्ष टेकनप्रसाद कंडेल, रोट्र¥याक क्लव अफ तुलसीपुरका अध्यक्ष हेमराज बस्नेत, यातायात व्यवसायी दीपक बुढाथोकी लगायतले अव कोरोना भाइरसको संक्रमण फैलन रोक्न तत्काल आफुहरु एक्सनमा जान तयार रहेको बताएका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सल्लाहकार शरद रेग्मीले राखेका थिए । कार्यक्रमको सहजिकरण बाणिज्य संघका महासचिव विनिल केसीले गरेका थिए ।

स्पेशल टास्क फोर्स गठन गर्ने निर्णय

प्रतिनिधित्वमुलक सहभागितामा संपन्न अन्तरक्रिया कार्यक्रममा कोरोना संक्रमणको चेनब्रेक गर्न स्पेशल टास्क फोर्स गठन गर्ने निर्णय भएको छ ।
तुलसीपुर उद्योग वाणिज्यसंघ संयोजक रहने टिमले विहिवार देखिनै बजारमा स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने, सचेतना फैलाउन विहिवारैदेखि बजारमा माइकिङ गर्ने, भिडभाड हुन नदिन बैंक तथा वित्तिय संस्था, मालपोत र नापी कार्यालय, विद्युत र खानेपानी कार्यालयमा एउटा टोलि बनाएर खटाउने पनि निर्णय भएको छ ।
त्यस्तै मास्क वितरण अभियान संगै मास्क नलगाउनेलाई नैतिक जरीमाना गराउने पनि निर्णय भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर