आज तुलसीपुरमा थप ४० जनामा कोरोना पुष्टि

  माघ ०५, २०७८

तुलसीपुर,
५-माघ/ तुलसीपुरमा बुधबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुरको मेट्रो अस्पतालमा ५९ जनामा गरिएको परिक्षण मा २९ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए ।

त्यसैगरी राप्ती प्रादेशिक अस्पताल मा २१ जनामा गरिएको परिक्षणमा गरिएको परिक्षणमा ११ जना गरी ४० जनामा कोरोना पुष्टि भएको हो । आज संक्रमण हुनेमा २१ महिला र १९ जना महिला रहेका छन् । जसमा शिक्षक २ जना ,पत्रकार १ जना ,स्वास्थ्यकर्मी १ जना र अन्य समुदायका व्यक्ति हरु रहेका छन ।

त्यसैगरी राप्ती आखाँ अस्पताल मा गरिएको २५ जनामा गरिएको परिक्षणमा सबै रिर्पोट नेगेटिभ आएको छ । योसँगै तुलसीपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या २३१ पुगेको छ । जसमध्ये १२५ पुरुष र १०६ महिला छन् । संक्रमितमध्ये २ जना अस्पतालमा भर्ना भएका छन् भने २२९ जना होम क्वारेन्टाइनमा रहेको छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर