तुलसीपुरमा थप ३२ जनामा कोरोना पुष्टि

  माघ ०४, २०७८

४-माघ/ तुलसीपुरमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार तलसीपुर मेट्रो अस्पताल, राप्ती प्रादेशिक अस्पताल र कन्ट्रयाक टेस्रिङ गरी ६५ जनामा गरिएको परिक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

मंगलबार संक्रमण पुष्टि हुनेमा १३ वर्ष उमेरदेखि ७५ वर्ष उमेर समूहका विद्यार्थी ३ जना, शिक्षक दुई जना, स्वास्थ्यकर्मी एक जना र अन्य व्यक्तिहरु २६ जना रहेका छन् । योसंगै तुलसीपुरमा संक्रिय संक्रमितको संख्या २२० जना पुगेको छ भने आज ४१ जनाले कोरोना संक्रमणलाई जितेका छन् । त्यस्तै तुलसीपुरमा पछिल्लो समय यता हालसम्म संक्रमितको संख्या ३८१ जना रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर