पर्यटनमन्त्री आलेले नसोचेको झ ड्का दिएपछि सरकार नै झ स्किने गरी बतास समूहको च्या लेन्ज !

  माघ ०२, २०७८

काठमाडौँ / नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा रेस्टुरेन्ट निर्माणको बिषमा वि वादमा तानिएको बतास अर्गनाइजेशनले स्पष्टीकरण दिएको छ । अर्गनाइजेशनले आज विज्ञप्ति जारी गर्दै आफ्नोबारे आइरहेका समाचारहरुप्रति ध्यानार्षण भएको जनाएको हो ।

अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले ७ बुँदे विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएका हुन् । नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडाको विषयमा बताससमूह बि बादमा मु छिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नारायणहिटीमा क्याफ्टेरिया भाडाको विषयमा छानविन समिति नै गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको छ । नारायणहिटी क्षेत्रमा बतासले बनाएका संरचना पनि भ त्काइएको छ ।

उक्त भाडा समेत हाल रहेको क्याफिटेरीया भवनको २३०० वर्गफिटको मात्र भएको र त्यस भवन बाहेक प्रत्यक्ष रुपमा जे जति रुपमा जग्गा प्रयोग हुन्छ सो अनुपातमा नारायणहिटी दरबार संग्रहालयको बैठकले तोके बमोजिमको थप भाडा तिर्नुपर्ने शर्त सम्झौतामा स्पष्ट रुपमा उल्लेख हुँदाहुँदै सो विषयलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गरिएको बतासको भनाई छ । छानविन समितिले आफूहरुसँग कुरा समेत नगरेको बतासले गु नासो गरेको छ ।

‘क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने’ सम्झौताको शर्तमा उल्लेख गरीएको बतासको भनाई छ ।

‘बरु, त्यस्ता ऐतिहासिक महत्वका र जनभावना प्रतक्ष्य रुपमा जोडिएका संबेदनशील संरचनामा निजी क्षेत्रलाई व्यवसाय गर्न दिने निणर्य किन र कुन उद्देश्यले राज्यले गर्‍यो भन्ने प्रश्नको जवाफ पो सञ्चार माध्यमले खोज्नुपर्ने थियो भन्ने हाम्रो बुझाइ अवश्य पनि गलत होइन होला’, विज्ञप्तिमा भनिएको छ ।

सम्झौता गर्ने क्रममा बतास अर्गनाईजेशनले कुनै प्रकारको प्रभाव वा द बाव सिर्जना नगरेको प्रष्ट पारेको छ । तीन वर्षका लागि कडा शर्तहरुसहित सो संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ पाँच करोड भन्दा माथिको लगानी गर्ने योजनासहित तीन करोडभन्दा बढी लगानी गरिसकेको अवस्थामा गैरकानुनी ढंगले भौतिक संरचनाहरु समेत नष्ट गर्ने काम भएको बतासले बताएको छ । आफूहरु माथि राज्यले अ न्याय र अ पराध गरेको बतासले आ रोप लगाएको छ ।

सम्झौता गर्ने क्रममा बतास अर्गनाईजेशनले कुनै प्रकारको प्रभाव वा द बाव सिर्जना नगरेको प्रष्ट पारेको छ । तीन वर्षका लागि कडा शर्तहरुसहित सो संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ पाँच करोड भन्दा माथिको लगानी गर्ने योजनासहित तीन करोडभन्दा बढी लगानी गरिसकेको अवस्थामा गैरकानुनी ढंगले भौतिक संरचनाहरु समेत नष्ट गर्ने काम भएको बतासले बताएको छ । आफूहरु माथि राज्यले अ न्याय र अ पराध गरेको बतासले आ रोप लगाएको छ ।

अघिल्लो दिन भाडा भुक्तान गर्नु भन्ने पत्र प्राप्त भए बमोजिम भाडा भुक्तानी गरेको र अर्को दिन निर्माण गरिएका भौतिक संरचनाहरु न ष्ट गरिएको बतासले बताएको छ ।

नेपाल भारतमैत्री पशुपति धर्मशाला भाडामा लगाउने सम्बन्धी पशुपति क्षेत्र विकास कोषले प्रकाशित गरेको बोलपत्रमा रितपूर्वक आवेदन दिई छनौट भएर होटल सम्झौता अनुसार धर्मशाला संचालन गरिएको बतासको भनाई छ ।

यस क्रममा नियम, ऐन, कानुनको कहीँ कतै उ ल्लंघन नगरिएको बतासले बताएको छ । ‘यदि त्यस्तो भएको ठहर भएमा कानुनले तोकेको अधिकतम् का रवाहीको भागिदार बन्न हामी तयार छौं’, बतासले भनेको छ ।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्धारित समयभन्दा अत्यन्तै ढिलो समयसम्म अक्सिजन प्लान्ट स्थापित हुन नसक्नुमा बतास फाउण्डेसनको कुनै कमजोरी वा दोष नरहेता पनि हालसम्म आम नागरिकहरुले सो सुविधाबाट बञ्चित बन्नुपरेको अवस्थाका लागि बतास फाउण्डेसन क्ष माया चना समेत मागेको छ ।

‘बतास अर्गनाईजेशनलाई जोडेर उठान गरिएका विषयहरुमा एक–एक गरी प्रवेश गर्नुअघि अहिलेसम्म बतास अर्गनाइजेशनलाई बदनान गराउने उदेश्यबाट प्रेरित भई जेजति मात्रामा, जस्ताखालका भ्रमहरुको उत्पादन, प्रकाशन र प्रशारण भयोरगरियो, त्यसमा प्रत्यक्षरपरोक्ष रुपमा सहभागी बनेका आम पत्रकार मित्र लगायत सबैलाई कुनै प्रकारको कानुनी कारबाही नगर्न बतास अर्गनाइजेशन नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछ,’ बतासले विज्ञप्ति मार्फत भनेको छ ।
बतासले पत्रकारहरू स्वार्थ समूहको कपटपूर्ण पासोमा परेको आ रोप समेत लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वा र्थ समूहका क पटपूर्ण पा सोमा परेर उनीहरुको इच्छा अनुसार भ्रामक समाचार उत्पादन र प्रकाशन गर्ने पत्रकार मित्रहरुको वाध्यताप्रति संवेदनशील बनिदिएर कुनै प्रकारको नैतिक वा अन्य द बाब दिने वा स्पष्टीकरण लिने काम नगर्न आम सञ्चारमाध्यमका सञ्चालक तथा प्रकाशक साथै सम्पादकज्यूहरुलाई समेत बतास अर्गनाइजेशन विनम्र अनुरोध गर्दछ ।’

तथ्यहरु तो डमो ड गर्ने र प्राप्त प्रमाणहरुलाई समेत गलत ढंगले व्याख्या, विश्लेषण र प्रस्तुत गर्नेदेखि लिएर एउटा प्रमाण प्रस्तुत गर्दै अर्कै तर्क पेश गर्नेखालका कार्यहरु कतिपय सञ्चार माध्यममा प्रकट भएको आ रोप बतासले लगाएको छ ।
‘जतिसुकै कुशलतापूर्वक र सिर्जनशील ढंगले गरिएको भए पनि अ पराध अ पराध नै हुन्छ,’ बतासले भनेको छ । बतासले आफ्नो विश्वासनियता न गु माउन सञ्चार माध्यमलाई आग्रह गरेको छ । बतासले भनेको छ, ‘राज्यको चौथो अंगसमेत कमजोर पारेर यो मुलुकलाई नै असफल बनाउनेहरूको कु त्सित चाहना पूरा गर्ने साधनको रुपमा सञ्चार माध्यमहरु प्रयोग नहुन् भन्ने हाम्रो आग्रह छ ।’अहिले बतास अर्गनाइजेशनमाथि सुनियोजित रुपमा आ क्रमण भइरहेको विज्ञप्तिमा दा बी गरिएको छ । यस घ टनाले नेपालका उद्योगी, व्यवसायी, व्यापारीहरु, नयाँ पुस्ता र विदेशमा बसेका नेपालीहरुलाई क्र सित, नि रुत्साहित बनाएको बतासले जनाएको छ ।

 

 

तपाईंको प्रतिक्रिया

थप खबर