दाङमा एमालेका शीर्षस्थ नेताहरु कोरोना संक्रमित

  माघ ०२, २०७८

तुलसीपुर, १ माघ । दाङबाट नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्षस्थ नेताहरु कोरोना संक्रिमत भएका छन् । तेस्रो लहरको कोरोनाबाट एमाले महासीव शंकर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, पोलिट ब्यूरो सदस्यहरु शान्ता चौधरी, सुजिता साक्य, घोराही उपमहानगरपालिका मेयर समेत रहेका पोलिट ब्युरो सदस्य नरुलाल चौधरी र जिल्ला सचिव मनोहर बुढोथोकी संक्रमित हुनुभएको छ ।

सबै नेताहरको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो । एमाले जिल्ला कमिटीका करिब १२÷१३ जना सदस्यहरु पनि कोरोना संक्रमित भएको अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

थप खबर