बराहाखुटीमा श्रीमतिको बञ्चरो प्रहारबाट श्रीमान घाइते

  माघ ०२, २०७८

तुलसीपुर, माघ १ । दाङको बराहाखुटीमा श्रीमतिको बञ्चरो प्रहारबाट श्रीमान घाइते भएका छन् ।

जिल्लाको राप्ती गाउँपालिका वडा नं. २ बराहाखुटीमा शनिबार दिउँसो पौने ३ बजेतिर २७ बर्षीया पार्वती कुमालको बञ्चरो प्रहारबाट ४२ बर्षीय श्रीमान चेकप्रशाद कुमाल घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले यो खवर तयार पार्दासम्म घाइतेको भालुवाङमै उपचार जारी रहेको जानकारी दिए ।
सामान्ने घरायसी बिबादका क्रममा श्रीमतिले श्रीमानको टाउकोमा बञ्चरो प्रहार गरेको भन्ने खुल्न आएको डिएसपी रिजालले बताए ।
डिएसपी रिजालका अनुसार श्रीमतिले मदिरा सेवन गरेको खुल्न आएको जानकारी दिए ।
बञ्चरो प्रहार गर्ने श्रीमतिलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप कुरा बुझ्न बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर