ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ९, लुभुको चेतना चोकस्थित होलसेल पसल सञ्चालकलाई एउटी महिलालाई करणी गरेको आरोपमा प्रहरीले समातेको छ ।
३७ वर्षीय रमेश थापा मगरले ३२ वर्षीया महिलालाई करणी गरेको अभियोग लागेको हो । मगरले ती महिलालाई सामान किन्न आएको बेला पसलभित्र लगेर जबरजस्ती करणी गरेको बताइन्छ ।
महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
उपत्यकामा सुगरका कारोबारी छ्याप्छ्याप्ती – काठमाडौंको दुई स्थानबाट हिजो प्रहरीले ब्राउनसुगर र तिनका कारोबारीलाई पक्रेको छ । महानगरपालिका १६ स्थित एउटा होटलबाट २२ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बर्दियाको बारबर्दिया नगरपालिका ९, का ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका ७ का २५ वर्षीय रमेश थारु हुन् ।
त्यसैगरी काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्कबाट १७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । धादिङ सिद्धलेक गाउँपालिका २ ठेगाना भएका २६ वर्षीय ईश्वर इटनीलाई प्रहरीले पक्राउ गरेको हो ।