आज थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

  पुष ३०, २०७८

३० पुस/ नेपालमा एकैदिन ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

१३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४२०४ जना र एन्टिजेन ७०८६ परीक्षण गर्दा ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३०६ जना निको भएर डिस्चार्ज भएका छन् । यस्तै ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर