इतिहाशमा पहिलो पटक दाङमा केशव नेपालीको नेतृत्वम दशैा हजार दलितहरु उत्तरीय

  पुष ३०, २०७८

दाङको घोराहीमा गैरदलित बाहुन क्षेत्रीहरूको सहभागितामा आइतबार राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा सम्पन्न भएको छ ।


जागरण अभियानका दाङ जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि पश्चिम संयोजक खगेन्द्र सुनार र विशिष्ट अतिथि तथा पूर्वी संयोजक राजेश विद्रोही रहेका थिए । कार्यक्रमको उद्घोषण गैरदलित समुदायबाट सशक्त सामाजिक अभियन्ता विष्णु देवकोटाले गरेका थिए । यस्तै अतिथिहरूमा प्रेम बीस, जोगिन्दर विश्वकर्मा, निर्मला बिक, सप्तरी संयोजक प्रथमलाल राम, बाँके संयोजक प्रेम बैगार, सचिन गन्दर्भ, खड्क बुढाथोकी लगायतका थिए ।





हजारौँको सङ्ख्यामा उपस्थिति कार्यक्रममा दलित समुदायले आफ्नो संस्कृति झल्किने गरी बजागाजासहित नगर परिक्रमा गरी सभास्थलमा पुगेका थिए । कार्यक्रममा विभिन्न नृत्यहरूको पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गैरदलित समुदायबाट शंकर डाँगी प्रकाश श्रेष्ठ, सरोज शाह, भव डाँगी, राजु खनाल, अनिता देवकोटा, सुनिल देवकोटा,केशब राज भुसाल लगायतले कार्यक्रममा खुलेर सहयोग र सहभागिता जनाएका थिए ।



कार्यक्रममा प्रमुख अतिथि खगेन्द्र सुनारले- ´दलितहरूमाथिको अत्याचार नरोकिए दलित आन्दोलनले जस्तोसुकै मूल्य चुकाउन अब पछि नहट्ने बताएका थिए । त्यस्तै विशिष्ट अतिथि राजेश विद्रोहीले भने, ´७२ वर्षको लोकतान्त्रिक अभ्यासको इतिहासमा पटक पटकको परिवर्तनको इतिहासमा दलितलाई दयनीय बनाएका वर्ग र समुदायले नै नेतृत्व गर्दै आएकाले अबको संघीय लोकतान्त्रिक गणतान्त्रिक युग दलितहरूको भएकाले अरूले दाबी गर्न नमिल्ने बताएका थिए ।`

तपाईंको प्रतिक्रिया

थप खबर