१६ महिने बालकको चक्कु हानी हत्या

  पुष ३०, २०७८

स्याङ्जा, २८ पुस । स्याङ्जामा एक युवकले १६ महिने नाबालकको चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

चक्कु प्रहार गम्भिर घाइते भएका बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा नाबालककी दिदीघटनामा ५ वर्षीया साइना पनि घाइते भएको प्रहरीले जनाएको छ । पाँच बर्षिया बालिकाको घाँटीमा चक्कु प्रहार गरिएको छ । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ

तपाईंको प्रतिक्रिया

थप खबर