दाङमा कपडा गोदाममा आगलागी, २५ लाखको क्षति

  पुष ३०, २०७८

दाङ । दाङमा एक कपडा गोदाम घरमा आगलागी आगलागी भएको छ ।

लमही नगरपालिका-५ लमही बजार बस्ने ३५ वर्षीय सतिश गुप्ताको कपडा गोदाम घरमा सोमबार दिउँसो आगलागी हुँदा गोदामभित्र रहेको लत्ताकपडाहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर