दाङमा बेलुका ७ बजेसम्म मात्रै होटल तथा रेष्टुराँ खोल्न पाइने

  पुष २, २०७८

दाङमा अबदेखि बेलुका सात बजेसम्म मात्रै होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाइने भएको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा घोराहीमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै यस्तो नियम जारी गरेको हो।

माघी पर्वको अवसरमा आयोजना हुने सबै खाले मेलाहरू समेतमा रोक लगाइएको छ। त्यस्तै, राजनीतिक, सामाजिक र सांस्कृतिक भेलाहरू बन्द गरिएका छन्।

सार्वजनिक स्थलमा २५ भन्दा बढी जमघट गर्न प्रतिबन्ध लगाएको छ। सार्वजनिक यातायात चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ।

त्यस्तै, माघ ७ गतेदेखि सार्वजनिक स्थलहरू, कार्यालय, होटल, रेष्टुराँ, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि प्रवेशका लागि खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने छ।

केन्द्रको जस्तै माघ १५ गतेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा रोक लगाइको छ।

औद्योगिक संस्था, पसल सञ्चालन गर्नेले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन जारी भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर