दाङका प्रहरी प्रमुख एसपी काफ्लेद्वारा बढुवा भएका प्रहरी हवल्दारलाई दर्ज्यानी चिन्ह प्रदान

  पुष २, २०७८

दाङ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको आइतबारको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी हवल्दारहरुलाई एसपी काफ्लेले मंगलबार आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै एसपी काफ्लेले पदोन्नती भएका प्रहरी हवल्दार हरुलाई बधाई दिनुका साथै पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र नागरिकलेे पाउने सेवालाई अझै उत्कृष्ट बनाउन निर्देशन समेत दिए ।

उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर